झापा- झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्।
सोमबार दिउँसो करिब ४:३० बजे दमक नगरपालिका-१, भानुभक्त चोककी ३० वर्षीया शोभा साहले आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको ढोका थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ।
आगलागीबाट गम्भीर घाइते भएकी साहलाई तत्काल दमक अस्पताल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
