झापा- झापाको बाह्रदशी गाउँपालिका–५, कालिदास टोलकी १५ वर्षीया झरना राजवंशीको पानीमा डुबेर मृत्यु भएको छ।
उनी सोही ठाउँमा रहेको गौरी शंकर माध्यमिक विद्यालय, डाँगिबारीमा कक्षा १० मा अध्ययनरत थिइन्।
हिजो दिउँसो करिब ३ बजेको समयमा उनी आफ्ना ७-८ जना साथीहरूसँग विद्यालयबाट घाघरा खोलामा पौडी खेल्न गएकी थिइन्। पानीको बहाव बढी भएकाले पौडी खेल्ने क्रममा उनी घुमाउने दहमा परेर डुबेकी थिइन्।
स्थानीयले खोजी गर्ने क्रममा उनी खोलाबाट करिब ३० मिटर दक्षिण झाडीमा अड्किएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनाको जानकारी पाएपछि अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी टोली खटाइएको छ।
Facebook Comments Box
