Author: खबरमञ्च

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्येबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए । उनले संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा घरेलु टीम नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले हराएको हो । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले लाओसलाई हराएको हो । नेपालको जितमा अनन्त र नवयुगले गोल गरेका थिए । नेपालले पहिलो हाफमा अनन्तको गोलमा सुरुवाती अग्रता लिएको थियो । राष्टिय टोलीबाट तेस्रो गोल गरेका अनन्तले यसअघि लाओसविरुद्धको खेलमा नै गोल गरेका थिए । खेलको २९ औं मिनेटमा अनन्तले गोल गरेका थिए । यस्तै खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।…

Read More

एजेन्सी । अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो । उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त…

Read More

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ । चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन् । यो खेल साँझ ६ बजे हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा…

Read More

काठमाडौं । उपनिर्वाचन हुने क्षेत्रका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न शुरु गर्ने भएको छ । उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयाेगले जनाएको छ। आयाेगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ। चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हाे। चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे। बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हाे। पार्टी प्रवक्ता मनिस सुमनका अनुसार बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल गरिनेछ । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि साे क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। चैत ३ मा उपराष्ट्रपति बनेपछि यादवले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ। बारा- २ मा उपेन्द्र यादव उम्मेदवार बन्ने हल्ला छ। जसपाले कुन-कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्ने बारेमा…

Read More

काठमाडौं । मन्त्रिपरिषद्को सोमवारकाे निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । राहत वितरणको काम चरणबद्धरूपमा गरिने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने बताइएको छ । संयुक्त राष्ट्र सङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरूलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो । तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु…

Read More

काठमाडौं । धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रेका छन् । साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले मेयरको जिम्मेवारी बहन गर्दै पत्र पठाएको विषयमा वडाध्यक्षहरुले आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।  उनीहरुले मेयरलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए । सो अवधिमा उनले माफी नमागेपछि वडाध्यक्षहरुपाखुरामा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । मेयर साम्पाङले भने आफूलाई वडाध्यक्षहरुले घेराबन्दीमा पार्न खोजेको भन्दै धराने जनतासामु त्यसको जवाफ मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई सिध्याउन समय कटाउने काम भइरहेको भन्दै त्यसप्रति कडा टिप्पणीसमेत गरेका छन् ।

Read More

विर्तामोड। झापाको दमकमा विभिन्न पार्टीमा आवद्ध उद्योगी व्यवसायीहरु राप्रपा प्रवेश गरेका छन्। दमकमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलमा आवद्ध उधोगी व्यवसायीहरु राप्रपा प्रवेश गरेका हुन्। उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिका लगाएर स्वागत गर्दै सदस्यता प्रदान गरे। कार्यक्रममा स्वतन्त्र व्यक्तिहरूको ठूलो समुह पनि राप्रपा प्रवेश गरेको अध्यक्ष लिङ्देनले बताए।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागि हुनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । आज मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले, अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल सम्मिलित कार्यदल गठन गरेको जानकारी दिए । उनले भने, ‘बैठकले आजको समसामयीक राजनीति, सरकार, प्रदेश सरकार जस्ता धेरै विषयमा बृहत छलफल गरेको छ । एउटा निर्णय मात्र गरेको छ, त्यो निर्णय सरकार गठनका समग्र प्रक्रियाको बारेमा गृहकार्य गर्नको लागि पार्टी अध्यक्ष माधव कुरमा नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल तीन जनाको एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले पार्टीको…

Read More