काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ।
बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हाे।
पार्टी प्रवक्ता मनिस सुमनका अनुसार बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल गरिनेछ ।
बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि साे क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
चैत ३ मा उपराष्ट्रपति बनेपछि यादवले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ।
बारा- २ मा उपेन्द्र यादव उम्मेदवार बन्ने हल्ला छ।
जसपाले कुन-कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्ने बारेमा पनि छलफल हुने बताइएकाे छ।
Facebook Comments Box
