काठमाडौं । धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रेका छन् ।
साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले मेयरको जिम्मेवारी बहन गर्दै पत्र पठाएको विषयमा वडाध्यक्षहरुले आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले मेयरलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए । सो अवधिमा उनले माफी नमागेपछि वडाध्यक्षहरुपाखुरामा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।
मेयर साम्पाङले भने आफूलाई वडाध्यक्षहरुले घेराबन्दीमा पार्न खोजेको भन्दै धराने जनतासामु त्यसको जवाफ मागेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई सिध्याउन समय कटाउने काम भइरहेको भन्दै त्यसप्रति कडा टिप्पणीसमेत गरेका छन् ।
Facebook Comments Box
