ताप्लेजुङ- रास्वपाका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथिभरा देवीको दर्शन गरेका छन्।
आफ्नो कार्यव्यस्तताका बीच समय निकाल्दै उनी शुक्रबार बिहानै मन्दिर पुगेका हुन्।
चुनावी अभियान सुरु गर्न अघि उनी पाथीभरा पुगेका हुन्।
शाहले पाथिभराको दर्शन गरी मन्दिर परिसरको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक महत्त्वका बारेमा बोलेका थिए ।
Facebook Comments Box
