Author: खबरमञ्च
सुरुङ्गा (झापा)- यहाँको झापा गाउँपालिका-२ सडकवारीमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ । घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आइतबार अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल अहिले गम्भीर भूराजनीतिक दबाब र वैदेशिक हस्तक्षेपको चपेटामा फसेको दाबी गरेका छन्। मोरङमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुक सामान्य राजनीतिक संक्रमणमा मात्र नरहेर विदेशी शक्तिहरूको खेलमैदान बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। लिङ्देनका अनुसार, नेपालको आन्तरिक मामिला र निर्णय प्रक्रियामा बाह्य प्रभाव यति तीव्र भएको छ कि अब नेपाली जनताको निर्णय क्षमता बिस्तारै उनीहरूकै हातबाट उम्किँदै गएको छ। अध्यक्ष लिङ्देनले आगामी निर्वाचन र सत्ता समीकरणमा वैदेशिक शक्तिहरूको प्रत्यक्ष संलग्नता सुरु भइसकेको आरोप लगाएका छन्। विदेशी केन्द्रहरूले नै नेपालमा कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने भन्ने दाउपेच…
झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अस्तित्व जोगाउन अब टालटुले सुधारले काम नगर्ने भन्दै व्यवस्था परिवर्तनको विकल्प नभएको चेतावनी दिएका छन्। शनिबार बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभामा उनले देश हारेमा नागरिकको भविष्य सुरक्षित नरहने भन्दै आम जनता र युवालाई जागृत हुन आह्वान गरे। लिङ्देनले आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सरोकारवाला पक्षबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको प्रस्ताव अघि सारे। उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु ठानेको स्पष्ट पारे। संवैधानिक निकायमा दलीय भागबण्डा अन्त्य नभएसम्म भ्रष्टाचारविरुद्ध कारबाही सम्भव नहुने उनको दाबी थियो। सभामा राप्रपाका प्रवक्ता…
झापा- स्वास्थ्य क्षेत्रमा चरम लापरबाही गरेको पाइएपछि बिर्तामोडस्थित गोदावरी डाइग्नोस्टिक सेन्टरमा प्रशासनले ताला लगाएको छ। स्वास्थ्य परीक्षणका लागि तोकिएको न्यूनतम मापदण्ड समेत पालना नगरी प्रयोगशाला सञ्चालन गरेको पाइएपछि सरकारी अनुगमन टोलीले उक्त सेन्टरमा शिलबन्दी गरेको हो। बिर्तामोड–१ स्थित पश्चिम स्टेन्डमा नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डाइग्नोस्टिक सेन्टरमा शुक्रबार आकस्मिक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा प्रयोगशालाको गुणस्तर र प्रक्रियामा गम्भीर त्रुटीहरू भेटिएकाले तत्कालका लागि सेवा बन्द गराइएको अनुगमन टोलीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको उक्त टोलीमा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ र इलाका प्रहरी कार्यालय बिर्तामोडका…
भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैची निर्यात भएको उनले बताउ। कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्व ८५…
झापा- मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२…
झापा- सामान्यतया बालबालिकाहरूले कखरा सिक्नुअघि तोते बोली बोल्न सिक्छन्। तर, झापा बुद्धशान्ति २ की कृष्टी फुयाँलको कथा अलि फरक र निकै रोचक छ। उनले स्पष्टसँग बोल्न नपाउँदै र हातमा कलम राखेर अक्षर कोर्न नजान्दै आफ्नो हातमा कुची र रङ्ग समातिन्। मानौं, उनले चित्र कोर्ने यो ईश्वरीय वरदान गर्भबाटै उपहारस्वरूप लिएर धर्तीमा पाइला टेकेकी हुन्। बुद्धशान्ति गाउँपालिका वडा नं २ निवासी खगेन्द्र र मनिषा फुयाँलकी एकमात्र सन्तान हुन्– ११ वर्षीया कृष्टी। हाल जयपुर बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत उनको क्यानभासमा पोखिने चित्रहरू देख्दा जो-कोही अचम्ममा पर्छन्। साना हातहरूले कोरेका ती परिपक्व चित्रहरूले उनको उमेरलाई गिज्याइरहेको भान हुन्छ। कृष्टीको यो जादुमयी…
काठमाडौँ- निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा उपस्थित भएर आफ्नो बयान दिने घोषणा गरेका छन्। बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले आफूलाई घटनाबारे जानकारी लिन बोलाएको र आफू त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन्। आयोगले उनलाई सुरुमा शुक्रबारका लागि बोलाएको भए तापनि कार्यव्यस्तताका कारण उनले समय सार्न आग्रह गरेका छन्। लेखकका अनुसार उनी अब आउँदो सोमबार (पुस १४ गते) मात्र आयोगको कार्यालयमा उपस्थित हुनेछन्। तत्कालीन समयमा गृह प्रशासन सम्हालेका कारण उक्त घटनाको वस्तुस्थिति र निर्णय प्रक्रियाबारे जानकारी लिन आयोगले उनलाई बोलाएको बुझिएको…
झापा- जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एकजना घाइते भएका छन् । हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नम्वर–१३ चारआलीमा रहेको हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई अचानक आएको एउटा हात्तीले आक्रमण गरी घाइते बनाएको हो । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टामा चोट लागेको छ । प्रहरी चौकी चारआलीबाट प्रहरी टोली गएपछि हात्ती जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।
विराटनगर- नेपाली क्रिकेट क्षेत्रले एक प्रतिभावान खेलाडी गुमाएको छ। कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनाश थापाको गएराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको छ। लामो समयदेखि घरेलु क्रिकेटमा सक्रिय थापाको असामयिक निधनले खेलकुद क्षेत्र स्तब्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटना विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा भएको हो। गएराति थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। विराटनगर महानगरपालिका–५ निवासी…