सुरुङ्गा (झापा)- यहाँको झापा गाउँपालिका-२ सडकवारीमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ ।
घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आइतबार अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए ।
Facebook Comments Box
