काठमाडौँ- निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा उपस्थित भएर आफ्नो बयान दिने घोषणा गरेका छन्।
बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले आफूलाई घटनाबारे जानकारी लिन बोलाएको र आफू त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पारेका हुन्।
आयोगले उनलाई सुरुमा शुक्रबारका लागि बोलाएको भए तापनि कार्यव्यस्तताका कारण उनले समय सार्न आग्रह गरेका छन्।
लेखकका अनुसार उनी अब आउँदो सोमबार (पुस १४ गते) मात्र आयोगको कार्यालयमा उपस्थित हुनेछन्। तत्कालीन समयमा गृह प्रशासन सम्हालेका कारण उक्त घटनाको वस्तुस्थिति र निर्णय प्रक्रियाबारे जानकारी लिन आयोगले उनलाई बोलाएको बुझिएको छ।
Facebook Comments Box
