Author: खबरमञ्च
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा सुशासनको प्रत्याभूति गर्दै समयमै निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले देशको भविष्यका लागि ठोस कदम चाल्नुपर्ने बेला आएको बताए। सभापति लामिछानेले पुराना राजनीतिक दलहरूले नागरिकलाई दुःख दिएको आरोप लगाउँदै नयाँ शक्तिहरूले जनताको भरोसा नतोड्ने दाबी गरे। “भत्केका संरचना बनाउनु र टुटेका सपनाहरूलाई आवाज दिनु आजको आवश्यकता हो,” उनले भने, “पुराना दलबाट पीडित हुनुभएका तपाईंहरूलाई नयाँले दुःख दिने छैनन्।” उनले आगामी निर्वाचनलाई जनताको भविष्यसँग जोड्दै सुशासनको डण्डा चलाएर निर्वाचनको तयारी गर्न आग्रह गरे। सम्बोधनका क्रममा लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गर्दै भने,…
झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवार बन्ने निश्चित भएको छ। राप्रपा क्षेत्रीय समितिको विस्तारित बैठकले लिङ्देनको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो। योसँगै लिङ्देन सोही क्षेत्रबाट लगातार तेस्रो पटक चुनावी मैदानमा उत्रिने भएका हुन्। उनले यसअघि दुई पटक सोही क्षेत्रबाट निर्वाचन जितिसकेका छन्। बैठकले प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाए पनि समानुपातिकतर्फको नामावली भने अझै बाँकी रहेको जनाएको छ। भूगोल र समावेशितालाई ध्यान दिँदै दुई दिनभित्र समानुपातिक उम्मेदवारको सिफारिस गरिने क्षेत्र नं ३ का प्रतिनिधिहरूले बताएका छन्। यस्तै, झापाका अन्य क्षेत्रहरूको तयारीबारे जिल्ला अध्यक्ष केशव ओझाले जानकारी…
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणका हतियार र गोलीगठ्ठा शुक्रबार फेला परेका छन्। दमक नगरपालिका वडा नं. १ स्थित बुद्ध टोल नजिकै रहेको रतुवा खोला किनारको काँसघारीमा यी हतियारहरू बेवारिसे अवस्थामा फेला परेका हुन्। स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। बरामद गरिएका हतियारहरूमा इन्सास राइफल र ठूलो संख्यामा गोलीहरू रहेका छन्। प्रहरीका अनुसार म्याग्जिनसहितका दुई थान इन्सास राइफल (नम्बर ३११०३३६१ र ३११०३३६४) र म्याग्जिन नभएको एक थान इन्सास राइफल (नम्बर ३११०३५१२) फेला परेका छन्। यसैगरी, सोही स्थानबाट विभिन्न किसिमका १३९ राउण्ड गोलीहरू पनि बरामद गरिएको छ। जसमा .३०३…
झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित भई आवश्यक कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएका छन्। तुलसीपुर उच्च अदालतको आदेशपछि रिहा भएका लामिछाने साँझ ५ बजेर ३७ मिनेटमा जिल्ला अदालत पुगेका थिए। अदालतले पहिले नै कागजातहरू तयार राखेका कारण कानुन व्यवसायीको रोहबरमा सनाखत गर्ने कार्य छिट्टै सम्पन्न भएको थियो। काठमाडौंबाट रूपन्देही जाने क्रममा खराब मौसमका कारण केही कठिनाइ उत्पन्न भएको थियो। भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सम्भव नभएपछि उनी चितवनको भरतपुर विमानस्थल ओर्लिएर सडकमार्ग हुँदै रूपन्देही पुगेका थिए। लामिछानेलाई अदालतले नै पत्राचार गरी बोलाएका कारण ढिलो गरी पुग्दा पनि कर्मचारीहरूले प्रक्रिया पूरा गर्न प्रतिक्षा गरेका…
झापा- ‘जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारहरूबाट सुरक्षा व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै फरार भएका १५ जना कैदीहरूलाई झापा प्रहरीले पक्राउ गरेको छ। झापाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई पुनः सम्बन्धित कारागार पठाइएको हो। पक्राउ पर्नेहरूमा जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका चोरी र राजस्व छली जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्तिहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामध्ये: झुम्का कारागारबाट फरार ८ जना चितवन कारागारबाट फरार ३ जना केन्द्रीय कारागार (जगन्नाथ देवल) काठमाण्डौबाट फरार ३ जना कास्की कारागारबाट फरार १ जना रहेका छन्। पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा कर्तव्य ज्यान मुद्दाका…
झापा- पूर्वेली समाचार प्रा.लि.ले आफ्नो स्थापनाको एक वर्ष सफलतापूर्वक पूरा गरी बिहीबार प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। गणेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले समाचार लेखनमा प्रमाण, तथ्य र सबै पक्षको आवाज समेटिनुपर्नेमा जोड दिँदै सन्तुलित पत्रकारिता गर्न सुझाव दिए। त्यस्तै, अग्रज पत्रकार उमाकान्त खनालले बदलिँदो समयसँगै पत्रकारितामा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरूले पूर्वेली समाचारको भूमिकाको प्रशंसा गरे। वडा नम्बर ७ का अध्यक्ष अबिरल कृष्ण खरेलले वडा कार्यालयको पुनर्निर्माणमा सञ्चारमाध्यमले खेलेको सकारात्मक भूमिकाप्रति धन्यवाद व्यक्त गरे। त्यस्तै, वडा नम्बर…
झापा- तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर उनी आजै थुनामुक्त भने नहुने भएका छन्। उच्च अदालतका अनुसार रविको आजको आदेशसहितको सक्कल मिसिल शुक्रबार मात्रै रुपन्देही जिल्ला अदालत पुग्नेछ।त्यसपछि जिल्ला अदालतले रविलाई बिगो बराबरको रकम २ करोड ८४ लाख ७४ हजार रुपैयाँ वा बैंक ग्यारेन्टी बुझाउन पत्र पठाउनेछ। हाल रवि ललितपुरको नख्खु कारागारमा थुनामा छन्। उक्त पत्र रविले बुझेपछि रिहाइको प्रक्रिया सुरु हुन्छ। रविले यो प्रक्रिया छिटो गर्न चाहेमा उच्च अदालतको आदेश लिएर जिल्ला अदालत रुपन्देहीमा आफैं उपस्थित हुन सक्नेछन्। रविले कानुनबमोजिम ठहर हुन आएमा थप रकम बुझाउन…
झापा- नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले लगातार तेस्रो पटक निर्वाचित हुँदै ‘ह्याट्रिक’ पूरा गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न ११औँ महाधिवेशनबाट उनी पुनः पार्टीको सर्वोच्च नेतृत्वमा चयन भएका हुन्। ओली वि.सं. २०७१ साउनदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन्। निर्वाचनको अन्तिम मत परिणाम बिहीबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार ओलीले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरे।* केपी शर्मा ओली: १,६६३ मत (विजयी)* ईश्वर पोखरेल: ५६४ मत यस निर्वाचनमा ओलीका एकमात्र प्रतिस्पर्धीका रूपमा ईश्वर पोखरेल चुनावी मैदानमा थिए। विगतका महाधिवेशन र विजयको इतिहास अध्यक्ष ओलीको यो तेस्रो जितसँगै एमालेभित्र उनको पकड थप मजबुत देखिएको छ। उनको विगतका निर्वाचन यात्रा…
झापा- झापाको दमकमा आगामी पुस महिनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा आगामी २०८२ साल पुस १०, ११ र १२ गते तीन दिने “प्रथम दमक नमूना ब्याडमिन्टन च्याम्पियनसिप–२०८२” सञ्चालन हुन लागेको हो। नेपालकै पहिलो व्यावसायिक भ्यूटावर र औद्योगिक पार्क निर्माण भइरहेको पर्यटकीय तथा व्यापारिक सहर दमकलाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन यो प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए। ७ विधामा ४ सय खेलाडी सहभागी हुने प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्रका गरी करिब ४०० खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सातवटा विभिन्न विधाहरू समावेश गरिएका छन्: खुल्ला पुरुष डबल र…
झापा- झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा ४१ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष छन्। यस आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै झापाका ९४ जनामाथि उजुरी परेको थियो। पक्राउ परेका ४१ जनाबाहेक ५३ जना भने अझै फरार छन्। पक्राउ परेका र उजुरी परेकाहरूको विवरण विभिन्न प्रहरी कार्यालयअनुसार फरक-फरक छन्। इलाका प्रहरी कार्यालय (इप्रका) काँकडभिट्टामा ३० पुरुष र एक महिला गरी ३१ जनामाथि उजुरी परेकोमा दुईजना पुरुष पक्राउ परेका छन्। इप्रका बिर्तामोडमा २४ पुरुष र एक महिला गरी २५ जनामाथि उजुरी परेकोमा एक महिला र १७ पुरुष…