Author: खबरमञ्च

झापा- बिर्तामोडमा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नं. ४, आगमन टोल निवासी रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको गएराति ज्यान गएको हो। घटना गत पुष २ गते रातिको हो। आफ्नै तीन तले घरको रेलिङमा खेलिरहेका रियान्स राति करिब ८:१५ बजे अचानक भुइँमा खसेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा एक सातासम्म सघन उपचार गराइरहेका बालकको हिजो साँझ ७:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ। यस घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले…

Read More

बिर्तामोड- झापाको बिर्तामोड–४ मा अवस्थित इडन गार्डेन एजुकेसन फाउन्डेसनद्वारा आयोजित “नेपालको शैक्षिक सन्दर्भमा विद्यार्थीहरूका लागि एआई कार्यान्वयनका चुनौती र भावी मार्ग” विषयक अन्तरविद्यालय स्तरीय प्यानल डिस्कसन प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई पुरस्कृत गरिएको छ। कार्यक्रमका निर्णायकहरू उमाकान्त खनाल, धर्मेन्द्र मामा भट्टराई, केशव उप्रेती तथा विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले विजयी विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरे। प्रतियोगितामा एभरेस्ट स्मार्ट स्कुलका हिङ्माङ लिम्बु प्रथम, लिटल फ्लावर बोर्डिङ स्कुलकी परिधि पाठक द्वितीय र तक्षशिला बोर्डिङ स्कुलका मानस ओडारी तृतीय हुन सफल भएका छन्। इडन गार्डेनका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त प्रतिस्पर्धामा कञ्चनजङ्गा, लिटल फ्लावर, कन्काई, बिर्ता मोडेल,…

Read More

झापा- नेकपा (एमाले) झापा जिल्ला कमिटीले गत भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनमा घुसपैठ गरी गरिएको भौतिक क्षति, नागरिकको हत्या र वर्तमान सरकारको अकर्मण्यताप्रति घोर आपत्ति जनाउँदै विरोधका कार्यक्रमहरू घोषणा गरेको छ । मंगलबार एमाले झापाद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै एमाले झापाका अध्यक्ष प्रेम गिरीले भदौ २४ गतेको देशव्यापी विध्वंसलाई ‘देशी–विदेशी शक्तिको सुनियोजित योजना र षड्यन्त्र’ को परिणाम भएको दाबी गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिइसकेपछि पनि २४ गते व्यापक तोडफोड, आगजनी र नागरिकको हत्या हुनुले यसमा ठूलो षड्यन्त्र…

Read More

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सभापतिको उम्मेदवार रहेको र नेतृत्व सम्हाल्न तयार रहेको दाबी गरे। थापाले महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र नभई समग्र पार्टीलाई नै नयाँ जीवन दिने अवसर भएकोमा जोड दिए। सम्बोधनका क्रममा महामन्त्री थापाले महाधिवेशनको तयारी र क्रियाशिल सदस्यको विवरण सङ्कलनमा भइरहेको ढिलाइप्रति कडा आपत्ति जनाए। तल्लो तहबाट आउनुपर्ने विवरणहरू समयमै नआएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले यसलाई नियोजित अवरोधको रूपमा सङ्केत गरे। “राम्रो बाटोमा पानी खन्याएर हिलो छ भन्दै हिँड्न सकिँदैन भन्न खोजिएको…

Read More

झापा- झापाको बिर्तामोडमा ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हातहतियार र गोली फेला परेको छ। हिजो दिउँसो करिब १२:२५ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित स्यालडाँगीको एक चिया बगानमा ती सामग्रीहरू बेवारिसे अवस्थामा फेला परेका हुन्। स्थानीयले चिया बगानमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले घटनास्थल पुगेर एक थान इन्सास राइफलको म्याग्जिन र तीन राउण्ड ‘मार्का थ्री’ राइफलको गोली बरामद गरेको छ। बरामद गरिएका सबै गोलीहरू सावुत (नपड्किएको) अवस्थामा रहेका छन्। प्रहरीका अनुसार, बरामद गरिएका यी सामग्रीहरू केही समय अघि भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको जिन्सी भण्डार…

Read More

ताप्लेजुङ- बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

Read More

झापा — झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एक थान हतियार फेला परेको छ। कमल गाउँपालिका वडा नं. ५, धन प्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा प्रहरीले आइतबार बिहान करिब ६:३० बजे उक्त हतियार फेला पारेको हो। विशेष सूचनाका आधारमा बरामद खोला किनारमा शंकास्पद रूपमा हतियार रहेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा प्रहरीले २३८१६९ नम्बरको एक थान ‘ग्यासगन’ फेला पारेको हो। बरामद गरिएको उक्त ग्यासगनको बट र नाल खिया लागेको तथा जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा लुटिएको हतियार प्रहरीको प्रारम्भिक अभिलेख अनुसार उक्त हतियार गत भदौ २४ गते भएको…

Read More

झापा- झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट नजिकै शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुईजना युवाको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड-६ मा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। साँझ ५:३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल सडकमा पल्टिएको थियो। दुर्घटनामा परी भद्रपुर-५ का २५ वर्षीय भुपाल अधिकारी र नाम नखुलेका अर्का एक करिब २५ वर्षीय युवक गम्भीर घाइते भएका थिए। उनीहरूको अनुहार, मुख र शरीरका विभिन्न भित्री भागमा गम्भीर चोट लागेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनीहरूलाई…

Read More

झापा- झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका दुईजना थुनुवालाई प्रहरीले शनिबार एकैदिन पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दाका अभियुक्त गौरादह-१ का २५ वर्षीय लुखीराम बास्के र कमल-५ का २६ वर्षीय संजिव लिम्बू रहेका छन्। बास्केलाई गौरादह प्रहरीको टोलीले बेलुका ५ बजे र लिम्बूलाई दमक प्रहरीले बिहान साढे ९ बजे उनीहरूकै कार्यक्षेत्रबाट नियन्त्रणमा लिएको हो। गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा दमक हिरासतबाट ३२ जना थुनुवा फरार भएका थिए। हालसम्म तीमध्ये ८ जना मात्र पक्राउ परेका छन्। आन्दोलनका बेला प्रहरी कार्यालयका महत्वपूर्ण मिसिल र कागजातहरू जलेर…

Read More

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकको कार्यकारी प्रमुख बनेर देशको सेवा गर्ने तीव्र इच्छा व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा आयोजित ‘जेन-जी’सँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताले विश्वास गरेमा आगामी निर्वाचनमार्फत प्रधानमन्त्री भएर देशलाई नयाँ दिशा दिने दाबी गरे। विप्लवले आफ्नो राजनीतिक जीवनमा बन्दुक बोकेको, जेल बसेको र अध्ययन पनि गरेको स्मरण गर्दै अब देश निर्माणको पालो आएको बताए। उनले भने, “यदि किसान, मजदुर, बुद्धिजीवी र युवा पुस्ताले हामीलाई एक पटक मौका दिने हो भने, प्रधानमन्त्रीको रूपमा गोरु जस्तै जोतिएर देशको सेवा गर्ने हाम्रो चाहना छ।” उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि सहभागी हुने र…

Read More