Author: खबरमञ्च

झापा- बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको व्यक्तिगत विवादलाई राजनीतिक ढंगले समाधान गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहमत भएका छन्। दुई दलका जिल्ला र नगरस्तरीय नेताहरुको सोमबार साँझ बसेको बैठकले विवादलाई मिलाउने मौखिक सहमति गरेको हो। बैठकमा सहभागी एमालेका नगर अध्यक्ष सुवास भट्टराईले दुवै जनप्रतिनिधिको व्यक्तिगत विवादले सिंगो नगरपालिका र दललाई अप्ठ्यारोमा पार्न नहुने महसुस गरी विवाद समाधानका लागि छलफल थालिएको बताए। उपप्रमुख संग्रौला काठमाडौं गएकाले उनी फर्किएपछि दुवैजनालाई एकै ठाउँमा राखेर छलफल गरिने उनले जानकारी दिए। राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले विवादलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र दुवैजनालाई…

Read More

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेको छ, जसले गर्दा देशैभर मौसममा सामान्य बदली छाएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार, आज बिहानसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई जस्ता प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तल छ। आज बाढीको जोखिम कहाँ-कहाँ? आज इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी (पूर्व र पश्चिम), जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाड्न सुझाव दिएका छन्। खनालले पार्टी विभाजनको औचित्यमाथि प्रश्न उठाएपछि अध्यक्ष नेपाल आक्रोशित भएका हुन्। इमेज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा खनालले नेकपा (एमाले) विभाजन गर्नु गलत थियो भन्ने ठाउँमा पुगेको बताएका थिए। यद्यपि, उनी एमालेमा फर्कनका लागि केही सर्त राख्ने बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकारहरूले खनालको भनाइबारे प्रश्न गर्दा अध्यक्ष नेपालले खनाललाई नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए। उनले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमानेको आरोप पनि लगाए। यसैबीच, अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली…

Read More

काठमाडौं – सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै यो व्यवस्था गरिएको हो। अब नयाँ जारी हुने वा नवीकरण गरिने सबै प्रकारका लाइसेन्सको अवधि १० वर्षको हुनेछ। नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै यो व्यवस्था कानुनी रूपमा लागू भएको छ। यस संशोधनले चालकहरूलाई प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ। राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५६ मा रहेको ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई ‘१० वर्षसम्मको’ भनी परिवर्तन गरिएको छ।

Read More

झापा – मेचीनगर–९, खुट्टीडाँगीमा आज बिहान एउटा स्कुल भ्यान दुर्घटना हुँदा २१ जना विद्यार्थी र एक शिक्षिकासहित २२ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलको मे.१ ज. ३१०७ नम्बरको भ्यान आफैँ अनियन्त्रित भएर टिमाई खोलामा खसेको थियो। दुर्घटना बिहान १० बजेतिर भएको हो। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा रेफर गरिएको छ। दुर्घटनामा घाइते भ्यान चालक गणेश श्रेष्ठ (४५), सबिस्का राई (६), समिरा बिसुङ्खे (४) र शिक्षिका प्रिति सिवा (२३/२४) लगायत ७ जनालाई गम्भीर चोट लागेकाले उपचारका लागि बी एण्ड सी अस्पताल पठाइएको छ। बाँकी घाइते…

Read More

झापा – बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कारबाहीको मागसहित नगरपालिका कार्यालयअगाडि नाराजुलुस गरेका छन्। बाक्लो संख्यामा रहेका प्रहरीले उनीहरूलाई नगरपालिका गेटभित्र प्रवेश गर्न दिएन। भित्र प्रवेश गर्न नपाएपछि गेट बाहिर उनीहरूले नाराजुलुस र कोणसभा गरेका थिए। बिर्तामोड–३ को नवदुर्गा मन्दिर परिसरमा भेला भई राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा करिब ५०/६० जनाको उपस्थितिमा विरोध र्‍याली निकाली नगरपालिका परिसरमा पुगेर नाराबाजी गरेका थिए। ‘सामाजिक सञ्जालको दुरुपयोग बन्द गर, बिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, अराजक उपमेयर…

Read More

झापा – झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता ‘झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बम्बन्धी विस्तृत जानकारी गराएको हो। गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले ‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि यो आयोजना हुन लागेको’ बताउँदै यसले महिला फुटबलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिता आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा सञ्चालन गरिने तयारी गरिएको छ। काठमाडौँबाहिर सबैभन्दा बढी फुटबल गतिविधि हुने जिल्लाका रूपमा परिचित झापालाई महिला फुटबलको ‘हब’ का रूपमा…

Read More

काठमाडौं- प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कारका लागि यस वर्षको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक कृतिहरूमध्येबाट छानिएका १५ कृतिबाट अब शीर्ष ५ कृतिलाई छनोट गरेको हो। अन्तिम दौडमा पर्ने कृतिहरूमा ‘उरमाल’ (आख्यान), ‘छालबाटो’ (गैरआख्यान), ‘प्रणाम सगरमाथा’ (नियात्रा), ‘स्व’ (उपन्यास), र ‘हिउँको गीत’ (उपन्यास) रहेका छन्। यी पाँचमध्ये एक कृतिले यस वर्षको पद्मश्री साहित्य पुरस्कार जित्नेछ। विगतमा ठूलो संख्यामा प्राप्त हुने साहित्यिक कृतिहरूबाट गहन मूल्यांकन प्रक्रियापश्चात् यो संक्षिप्त सूची तयार पारिएको प्रतिष्ठानले जनाएको छ। नेपाली साहित्यको उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पद्मश्री पुरस्कार कसको पोल्टामा पर्ने हो भन्ने कुराको प्रतीक्षा…

Read More

झापा- ठगीको अभियोगमा झापाको बिर्तामोड नगरपालिका-५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) पक्राउ परेकी छन्। उनले छिमेकी महिलाको लाखौं रुपैयाँ लिएर फरार भएपछि प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेलबाट उनलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मादेनले बिर्तामोड-५ की बोलीकुमारी नेम्वाङबाट ४५ लाख ३३ हजार ७५० रुपैयाँ ठगेको उजुरीका आधारमा खोजी गरिँदै आएको थियो। लामो समयपछि उनको सुराकी पाएपछि प्रहरी टोलीले धुलिखेल नगरपालिका–७ बाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मादेनले उक्त रकम नगद रुपमा सापटी लिएको वा अन्य कारोवारको नाममा ठगी गरेको भन्नेबारे अनुसन्धान जारी छ। झापा जिल्ला अदालतबाट म्याद थप गराई हाल उनको विस्तृत अनुसन्धान भइरहेको छ। अर्थिक…

Read More

झापा- विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेका हुन् । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गरेका हुन् । उनले…

Read More