काठमाडौं – सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद पाँच वर्षबाट बढाएर १० वर्ष पुर्याएको छ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै यो व्यवस्था गरिएको हो।
अब नयाँ जारी हुने वा नवीकरण गरिने सबै प्रकारका लाइसेन्सको अवधि १० वर्षको हुनेछ। नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै यो व्यवस्था कानुनी रूपमा लागू भएको छ।
यस संशोधनले चालकहरूलाई प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ। राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५६ मा रहेको ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई ‘१० वर्षसम्मको’ भनी परिवर्तन गरिएको छ।
Facebook Comments Box
