Author: admin
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आम निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति दिएको विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध दर्ता भएका रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको हो । संघीय संसद्को दुवै सदनबाट दुई–दुई पटक पारित भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक राष्ट्रपति भण्डारीले दोस्रो पटक पनि प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सवै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले वडामै डेंगी परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । नेता सिंहले आपत्तको समयमा सवै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राखे । पैसा कमाउन जनप्रतिनिधि नबनेको भन्दै उनले पदमा बसेर लाभ लिने काम गर्न नहुने जिकिर गरे । नेता सिंहले राम्रो गर्न चाहनेहरुलाई जनताले मौका दिनुपर्ने बताए । उनले युवाहरुलाई स्वरोगजार बनाउनका लािग कांग्रेसको ध्यान केन्द्रीत हुने पनि बताए ।
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमाथिको प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ । रिटको सुनुवाइ सात वटा रिटपछि ‘ज’ नम्बरमा रहेको छ । सम्भवतः आज राष्ट्रपति विरुद्धको रिटमाथि सुनुवाइ हुनेछ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट च्यूत भएको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध गत बिहीबार पाँचवटा रिट सर्वोच्च अदालतमा परेको थियो । ती सबै रिट एकमुष्ट हेरिने भन्दै शुक्रबारलाई पेसी तोकिएको थियो । तर, शुक्रबार हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको थियो ।
काठमाडौं । अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ। भोलिबाट घटस्थापना शुरु हुदैछ । यसबर्ष बडादशैंमा पनि वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य बदली देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूका भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम…
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता डा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका छन्। डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्। सरकार र डा केसीबीच अनसनको १३औं दिनमा सहमति भएको हो।
काठमाडौं । अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि उनले अनशन तोड्ने भएका हुन् । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ। कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो। उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए। वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो। सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन्। ७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको…
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको बताएका छन् । एमालेसँग मात्र विचार, दृष्टिकोण र सही घोषणापत्र रहेको दाबी गर्दै उनले त्यही आधारलाई समातेर तयार पारिएको घोषणापत्र लिए एमाले निर्वाचनमा होमिएको बताए । एमाले प्रदेश कमिटी लुम्बिनीको सल्लाहकार परिषद बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सत्ता गठबन्धनसँग विचार, नीति र कार्यक्रम केही छैन । मुलुकको नेतृत्व गर्ने त्यसलाई निर्देशित गर्ने साझा घोषणापत्र समेत नभएको जनताले पत्याउने कुनै आधार छैन ।’ निर्वाचनमा सरकारले नेतृत्व एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको भनेर अगाडि सारिसकेको पौडेलको भनाइ छ । सत्ता…
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्। भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको र स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमति प्रदेशले आवश्यक बजेट बिनियोजन गर्ने जानकारी गराएका थिए।