काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको र स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए ।
त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमति प्रदेशले आवश्यक बजेट बिनियोजन गर्ने जानकारी गराएका थिए।
Facebook Comments Box