काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आम निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति दिएको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box