काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता डा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोडेका छन्।
डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन्।
सरकार र डा केसीबीच अनसनको १३औं दिनमा सहमति भएको हो।
Facebook Comments Box