सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध दर्ता भएका रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको हो ।
संघीय संसद्को दुवै सदनबाट दुई–दुई पटक पारित भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक राष्ट्रपति भण्डारीले दोस्रो पटक पनि प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।
Facebook Comments Box