काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको रिटमाथिको प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।
रिटको सुनुवाइ सात वटा रिटपछि ‘ज’ नम्बरमा रहेको छ । सम्भवतः आज राष्ट्रपति विरुद्धको रिटमाथि सुनुवाइ हुनेछ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट च्यूत भएको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध गत बिहीबार पाँचवटा रिट सर्वोच्च अदालतमा परेको थियो ।
ती सबै रिट एकमुष्ट हेरिने भन्दै शुक्रबारलाई पेसी तोकिएको थियो । तर, शुक्रबार हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको थियो ।
Facebook Comments Box