काठमाडौं । अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् ।
विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि उनले अनशन तोड्ने भएका हुन् । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ।
कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो। उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए।
वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो। सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन्।
७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए।
Facebook Comments Box