Author: admin
काठमाडौं । भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान अनिल कुम्बले नियुक्त भएका छन् । बिहीबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कुम्बलेलाई एक वर्षका लागि नियुक्त गरेको हो । उनले वेष्ट इन्डिजसँग हुने टेस्ट सिरिजबाट भारतीय टिम सम्हाल्ने छन् । मुख्य प्रशिक्षक कुम्बले नियुक्त भएपनि बलिङ, ब्याटिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गर्न भने केही दिन लाग्ने बिसिसिआईले जनाएको छ । सचिन तेन्दुलकर, सौरभ गांगुली, भिभिएस लक्ष्मण र संजय जगदा सदस्य रहेको सल्लाहकार समितिले कुम्बलेलाई प्रशिक्षकका लागि छनोट गरेको हो । प्रशिक्षकका लागि मागेको आवेदनमा ५७ जनाको आवेदन परेको थियो । ५७ जनामध्ये २१ जना छनोट गरि अन्तवार्ता लिएर कुम्बलेलाई चुनिएको हो ।…
बेइजिङ (चीन) । चीनमा हरेक वर्ष हुने युलिन पर्व यो साल पनि मनाइँदैछ । यस चाडमा यो वर्ष दश हजार कुकुर र बिरालोको मासु बिक्री हुनेछन् । चीनको दक्षिणीपूर्वी भागको गुआङ्जी झुवाङमा यो चाड दश दिनसम्म मनाउने चलन रहेको छ र उक्त चाड कुकुर र बिरालोको मासु खाएर मनाइने गरिन्छ । यो प्रथा निकै क्रूर भएको भन्दै धेरै मानिस आन्दोलनमा उत्रेका छन् । उक्त आन्दोलनलाई २५ हजार व्यक्तिले हस्ताक्षर गरेर समर्थन गरेका छन् । तर विरोधका बाबजुद त्यहाँको स्थानीय सरकार भने यो प्रचलन व्यक्तिगत तवरबाट शुरु भएका कारण सरकारी निकायले यसलाई रोक्न अक्षम रहेको बताउनुभयो । आन्दोलनरत समूह यो पर्व निकै…
कराँची (पाकिस्तान) । पाकिस्तानका चर्चित सुफी गायक अमजद सब्रीको गोली हानी हत्या गरिएको छ । हिजो बुधवार पाकिस्तानको कराँचीमा उहाँको हत्या भएको हो । मोटरसाइकलमा आएका दुई बन्दुकधारीले उहाँको गाडीमा अन्धाधुन्द गोली हानी हत्या गरेका हुन् । उहासँगै रहनुभएका एक आफन्ती भने घाइते हुनुभएकोे छ र उहाँको उपचार भइरहेको छ । हत्याको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । एक सञ्चारमाध्यम मार्फत घटनाको जिम्मेवारी लिँदै तालिबानी विद्रोहीले सब्रीले निन्दनीय गीत संगीत गाउने भएका कारण उनको हत्या गरेको बताएको छ । पाकिस्तानमा सुफी विगत १३ सय वर्ष पुरानो संगीत हो र यो विश्वभर प्रख्यात छ । विशेषगरी मुसलमान समुदायमा सुफी संगीत अनि सब्रीका…
झापा । दमक–५ स्थित बेलडाँगी बजारमा असार ५ गते राति भएको आगलागीबाट पीडित परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राहत सामग्री भोलि शुक्रबार वितरण गरिने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार आगलागी पीडित हरेक परिवारलाई ४ बण्डल जस्तापाता, ब्लाङ्केट, म्याट र घर बनाउने बाँस तथा सरसफाइका आवश्यक सामान राहतस्वरुप प्रदान गरिनेछ । स्थानीय कपडा व्यापारी मनोज रिजालको पसलबाट शुरु भएको आगलागीका कारण १९ वटा घर जलेको थियो । राति साढे आठ बजेतिर शुरु भएको आगो साढे १० बजे नियन्त्रणमा लिँदा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विद्युत…
एजेन्सी । ट्वीटरमा अब १४० सेकेण्डसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ। पहिले ३० सेकेण्डसम्मको भिडियो अपलोड गर्ने सुविधा भएकोमा अब भने १४० सेकेण्डसम्मको गर्न सकिने भएको हो। यो सुविधा ट्वीटरको भिडियो स्ट्रिमिंग सर्भिस भाइनमा पनि लागू हुनेछ। भाइनमा ६ सेकेण्डको फर्म्याट आएपनि यसले १४० सेकेण्डको भिडियोको प्रिभ्यूको रुपमा काम गर्ने र नयाँ वाच मोर भन्ने बटनले पूरा भिडियो हेर्न सकिने बताइएको छ। यो सुविधासँगै प्रयोगकर्ताले २ मिनेटभन्दा लामो भिडियो अपलोड गर्न सक्नेछन्। ट्वीटरले यी भिडियो खोज्न र हेर्न सजिलो होस् भनेर नयाँ ‘भ्यूइङ मोड’ पनि ल्याउने भएको छ। नयाँ ‘भिडियो भ्यूअर’ चाँडै एन्ड्रोइड र आइओएसका लागि आउँदैछ। यो फेसबुकको भिडियो भ्यूअर…
एजेन्सी । मारुति सुजुकीले चाँडै आफ्नो मिनि क्रसओभर कार ‘इग्निस’ ल्याउने भएको छ। यसमा १.२ लिटर के सिरिज पेट्रोल र १.३ लिटर डीडीआइएस डिजल इन्जिन हुनेछ। यो कारको पेट्रोल संस्करणमा पहिले अटोमेटिक ट्रान्समिसन हुने भनिए पनि अब भने सिभिटी (कन्टिन्यूस्ली भेरिएबल ट्रान्समिसन) हुने बताइएको छ। कम्पनीका अनुसार यो म्यानुअल यूनिटले कारको फ्यूल इफिसिएन्सी राम्रो बनाउँछ। यो कारले महिन्द्रा केयूभी १०० सँग प्रतिस्पर्धा गर्नेछ। जापानमा लन्च गरिएको यो कार दसैंतिहारको अवसरमा भारतमा लन्च गरिने पनि बताइएको छ।
एजेन्सी । कम्बोडिया प्रधानमन्त्री हुन सेनलाई ट्राफिक नियम उल्लंघन गरेकामा जरिवाना गरिएको छ। प्रधानमन्त्री सेनलाई हेल्मेट नलगाएर मोटरसाइकल चलाएकाले को कोङ प्रान्तको प्रहरीले जरिवाना गरेको हो। सेनले गतसाता हेलमेट नलगाई मोटरसाइकल चलाएका थिए। उनले गल्ती भएकोमा माफीसमेत मागिसकेको छन्। सेनले ट्राफिक कानुनको धारा ६ उल्लंघन गरेकोले १५ हजार रिइल (३.७५अमेरिकन डलर) जरिवाना तोकिएको हो। प्रधानमन्त्री सेन जुन १८ मा को कोङ प्रान्त गएका थिए। मोटरसाइकल चलाउने उनको कुनै योजना भने थिएन। कारबाट निस्केपछि उनी मोटरसाइकलमा हेल्मेट लगाई करिब २ सय ५० मिटरसम्म गएका थिए।
ऋषिमुनिहरुको तपोभूमि नेपाल । उत्तरमा ठडिएको सर्वोच्च शिखर । पूर्वमा लमतन्न परेको समथर फाँट । पहाडी भेगमा लालीगुराँसका गुच्छाहरु । यी सबै सुन माथि सुगन्ध थप्छन् । जलस्रोतमा विश्वमै दोस्रो धनी देश । यहाँका कलकल बग्ने नदीहरु । सधा नेपालीहरु जिस्काइरहेका हुन्छन् । लाग्छ– स्वर्ग यही हो । प्राकृतिक सौन्दर्यको अनुपम नमूना । सम्पदाहरुको सही सदुपयोगले आज यो देशको नाम स्वर्णाक्षरले विश्वको इतिहासमा लेखिन सम्भव भएको हो ।
काठमाण्डाैं । नेपालमा रहेका २६ वटा बिमा कम्पनीमार्फत एक लाखभन्दा बढीले इन्स्योरेस्न एजेन्टको लाइसेन्स लिएका छन्। तयसमध्ये पनि करिब ३० हजार एजेन्ट सक्रिय छन्। आफ्नो दक्षता र क्षमताअनुसार कमाइ गर्ने पनि छनु्। सक्रिय रुपमा काम गर्ने सामान्य एजेन्टले पनि महिनाको १० हजार रुपैयाँ सजिलै कमाइ गर्न सक्छन्। तर, कम्पनीको पोलिसी कति कतिबेला परिवर्तन हुने थाहा नहुने कारण यही पेशालाई आधार बनाएर जीविकोपार्जन गर्न भने पछिल्लो समयमा समस्या हुन थालेको छ। त्यस्तै, बिमा कम्पनी आफैंले तालिम दिएर एजेन्ट बनाउने काम गर्दा दक्ष जनशक्ति उत्पादन नभइरहेको अवस्था छ। त्यसैले एजेन्टको तालिम तथा लाइसेन्स दिने काम बिमा समितिल गर्नुपर्छ। कम्पनीले एजेन्टलाई प्रोडेक्ट बिक्री…
काठमाण्डाैं । आतंकवादी समूह तालिबानको आत्मघाती आक्रमणमा सोमबार अफगानिस्तानको काबुलमा १२ नेपाली मारिए, सात घाइते भए। दुई वर्षअघि सन् २०१४ मा पनि तालिबानको आत्मघाती आक्रमणमा दुई नेपालीले ज्यान गुमाएका थिए भने एक गम्भीर घाइते। सन् २००८ अप्रिल १८ मा तालिबानले एक नेपालीको अपहरण गरी महिना दिनपछि मुक्त गरिदिए। अफगानिस्तानमा तालिबानले बारम्बार नेपाली कामदारमाथि आक्रमण गर्दै आएका छन्। वैदेशिक रोजगारीका लागि अति जोखिमयुक्त अफगानिस्तानका केही जाउँ जानका लागि मात्र सरकारले खुला गरेको छ। ‘अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघअन्तर्गत निकाय र दूतावासबाट श्रम स्वीकृति लिएपछि मात्र जान पाउँछन् तर आकर्षक तलब सुविधाका कारण जोखिम उठाएरै अवैध तरिकाले बिना श्रमस्वीकृति अफगानिस्तान पुग्ने नेपालीको…