बेइजिङ (चीन) । चीनमा हरेक वर्ष हुने युलिन पर्व यो साल पनि मनाइँदैछ । यस चाडमा यो वर्ष दश हजार कुकुर र बिरालोको मासु बिक्री हुनेछन् ।
चीनको दक्षिणीपूर्वी भागको गुआङ्जी झुवाङमा यो चाड दश दिनसम्म मनाउने चलन रहेको छ र उक्त चाड कुकुर र बिरालोको मासु खाएर मनाइने गरिन्छ ।
यो प्रथा निकै क्रूर भएको भन्दै धेरै मानिस आन्दोलनमा उत्रेका छन् । उक्त आन्दोलनलाई २५ हजार व्यक्तिले हस्ताक्षर गरेर समर्थन गरेका छन् ।
तर विरोधका बाबजुद त्यहाँको स्थानीय सरकार भने यो प्रचलन व्यक्तिगत तवरबाट शुरु भएका कारण सरकारी निकायले यसलाई रोक्न अक्षम रहेको बताउनुभयो ।
आन्दोलनरत समूह यो पर्व निकै क्रूर रहेको र कुकुरलाई अन्य जनावरसँग पिँजडामा राखिने, जिउँदै छाला निकाल्ने र सार्वजनिक ठाउँमा अन्धाधुन्द हानेर मारिने भएका कारण यो प्रथा अमानवीय भएको बताउँछन् ।
‘स्टप युलिन फरएभर’ संस्थाका अनुसार यो पर्वले कुनै संस्कृति नबोकेको बताएको छ ।
तर पर्वका समर्थकहरूले यो परम्परा पाँच सय वर्ष पुरानो रहेको र यो एसियाका अरू थुप्रै देशमा पनि मनाइने बताउँछन् ।
चीनमा कुकुरको मासु बिक्री वितरण सम्बन्धी कुनै कानुनी प्रक्रिया छैन तर कुकुरहरू चोरी भएको उजुरी आउने र उक्त कुकुरहरू मासु बजारमा भेटिनु कानुन विपरीत रहेको बताइएको छ ।
अहिले भने मानिसमा ज्ञान बढ्दै गएको कारण यस पर्वको विपक्षमा ६४ प्रतिशत मानिस रहेका छन् भने सन् २०१५को दरमा २० प्रतिशत भन्दा कम कुकुरहरू मारिएका छन् ।
दी इन्डिपेन्डेन्ट