एजेन्सी । ट्वीटरमा अब १४० सेकेण्डसम्मको भिडियो अपलोड गर्न सकिने भएको छ। पहिले ३० सेकेण्डसम्मको भिडियो अपलोड गर्ने सुविधा भएकोमा अब भने १४० सेकेण्डसम्मको गर्न सकिने भएको हो।
यो सुविधा ट्वीटरको भिडियो स्ट्रिमिंग सर्भिस भाइनमा पनि लागू हुनेछ। भाइनमा ६ सेकेण्डको फर्म्याट आएपनि यसले १४० सेकेण्डको भिडियोको प्रिभ्यूको रुपमा काम गर्ने र नयाँ वाच मोर भन्ने बटनले पूरा भिडियो हेर्न सकिने बताइएको छ।
यो सुविधासँगै प्रयोगकर्ताले २ मिनेटभन्दा लामो भिडियो अपलोड गर्न सक्नेछन्। ट्वीटरले यी भिडियो खोज्न र हेर्न सजिलो होस् भनेर नयाँ ‘भ्यूइङ मोड’ पनि ल्याउने भएको छ।
नयाँ ‘भिडियो भ्यूअर’ चाँडै एन्ड्रोइड र आइओएसका लागि आउँदैछ। यो फेसबुकको भिडियो भ्यूअर जस्तै देखिने र अरु भिडियो हेर्न सजेस्ट गर्ने बताइएको छ।
Facebook Comments Box