काठमाडौं — डिल्लीबजारस्थित पद्मकन्या स्कूलको आधिकारिक वेबसाइट ह्याक भएको छ। ह्याकपछि वेबसाइटमा जेनजी समूहद्वारा आयोजना गरिने विरोध प्रदर्शनको प्रचार सामग्री देखिएको छ।
सरकारले आजदेखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राजधानीमा जेनजीहरूले विरोध प्रदर्शनको तयारी गरेका छन्।
प्रदर्शनको पूर्वसन्ध्यामा स्कूलको वेबसाइट ह्याक गरिनु प्रदर्शनको सन्देश फैलाउने रणनीतिक कदमको रूपमा हेरिएको छ।
सामाजिक सञ्जाल बन्दको निर्णयले प्रयोगकर्ताहरूलाई वैकल्पिक उपायतर्फ मोडिएको छ।
Facebook Comments Box
