शिवसताक्षी । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिमता (AI) तालिम सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो ।
शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो ।
तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रविधिको विकासँगै आएका सुविधाहरु प्रयोग गरेर आफूलाई दक्ष बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गरे । उनले शिक्षकहरु अब अनिवार्य रुपमा डिजिटल युगसँग अनिवार्य जोडिनु पर्नेमा जोड दिए।
त्यस्त शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट सिकेको ज्ञानले शिक्षकहरुलाई शिक्षण पेशामा भरपुर सहयोग पुग्ने अपेक्षा गरिएको बताइन् ।
नयाँ प्रविधिलाई अवलम्बन गर्दै आफ्नो पेशा प्रति उर्जाशिल भएर अध्यापन गराउनु हुन उनले आग्रह गरिन् । तालिमको सहजीकरण अग्रज पत्रकार उमाकान्त खनालले गरेका थिए।
