काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरूका लागि आर्जनको अवसर आएको बताएका छन्।
उनले नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्याराहरू रहेका र अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका बताएका छन् ।
हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने ओलीले विश्वास गरेका छन्।
Facebook Comments Box
