काठमाण्डाैं । आतंकवादी समूह तालिबानको आत्मघाती आक्रमणमा सोमबार अफगानिस्तानको काबुलमा १२ नेपाली मारिए, सात घाइते भए।
दुई वर्षअघि सन् २०१४ मा पनि तालिबानको आत्मघाती आक्रमणमा दुई नेपालीले ज्यान गुमाएका थिए भने एक गम्भीर घाइते। सन् २००८ अप्रिल १८ मा तालिबानले एक नेपालीको अपहरण गरी महिना दिनपछि मुक्त गरिदिए।
अफगानिस्तानमा तालिबानले बारम्बार नेपाली कामदारमाथि आक्रमण गर्दै आएका छन्। वैदेशिक रोजगारीका लागि अति जोखिमयुक्त अफगानिस्तानका केही जाउँ जानका लागि मात्र सरकारले खुला गरेको छ।
‘अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघअन्तर्गत निकाय र दूतावासबाट श्रम स्वीकृति लिएपछि मात्र जान पाउँछन् तर आकर्षक तलब सुविधाका कारण जोखिम उठाएरै अवैध तरिकाले बिना श्रमस्वीकृति अफगानिस्तान पुग्ने नेपालीको संख्या ठूलो छ।’
सोमबार मारिएका १२ नेपालीमध्ये ११ जना वैध तरिकाले पुगेका थिए भने एक जनामात्र अबैध रुपमा। यो संयोगमात्र हो, नत्र वैध रुपमा भन्दा दलालको प्रलोभन र आकर्षक तलबको मोहमा अबैध बाटोबाट अफगान पुग्छन्।आजको नागरिक दैनिकमा खबर छ ।
Facebook Comments Box