Author: admin
“१५ वर्ष बिते रेडियो तरङ्गमा। तपाईँलाई लाग्दो हो यो लामो यात्रा हो। तर जति गहिरिँदै गयो त्यतिनै नयाँ लाग्छ यो संसार अनि लाग्छ गर्न अझै धेरै बाँकी छ।” यस्तै लेखेर प्रस्तोता सविना कार्कीले रेडियो कान्तिपुरबाट बिदा लिएको घोषणा बिहीबार गरिन्। १५ वर्ष लामो रेडियो यात्रामा आवाजको माध्यमबाट उनले धेरैको कथा सुनाइन्, धेरैको कथा पढिन्। यो पटक भने उनले फेसबुकमा अडियो सार्वजनिक गर्दै आफ्नो रेडियो यात्राको कथा सुनाइन्। सानैदेखि रेडियोको नियमित स्रोता उनी। रेडियो सुन्ने मात्र होइन, रेडियो कार्यक्रममा फोन गर्ने र चिठ्ठी पठाउने पनि गर्थिन्। उनको सात कक्षा पढ्दा देखिको सपना थियो रेडियोमा बोल्ने। सविनाले भनिन्, ‘मनैदेखि चाहेको कुरा…
बिर्तामोड । देवीप्रसाद उप्रेती निजानन्द आश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई आज शनिवार बिर्तामोडमा सम्मान गरेको छ । शिक्षासेवी देवीप्रसाद उप्रेतीको स्मृतिमा स्थापित साहित्यकार पुरस्कार पाँचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिएकोे छ । पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङ्नामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिएको छ । त्यसैगरि पत्रकारिता पुरस्कार पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पत्रकार गिरी पूर्वाञ्चल दैनिकका सम्पादक, रेडियो नेपाल झापाका सम्वाददाता तथा आमसंचार अनलाइनका प्रवन्ध सम्पादक हुन् । उपप्रधान तथा महिला बालबालिका एवम्…
झापा । किशोरी शिक्षा सम्बन्धी पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार एक दिने गोष्ठी सम्पन्न भएको छ । इटहरीमा यूनेस्को नेपालको आर्थिक सहयोग तथा नीलगिरी युवा क्लव मेचीनगर झापाको संयोजनमा सम्पन्न गोष्ठीमा झापा, इलाम, सुनसरी, मोरङ र धनकुटाका गरी डेढ दर्जन पत्रकार महिलाको सहभागिता रहेको थियो । गोष्ठीमा सहजीकरण यूनेस्को नेपालका निर्देशक तपराज पन्त, लक्ष्मण खनाल र पत्रकार ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेका थिए ।
झापा । द्वन्द्व पीडितको क्षेत्रमा काम गर्दैै आएको सघाउ नेपालले ‘द्वन्द्व रुपान्तरण तथा मेलमिलाप’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबारबाट सुरु गरेको छ । विर्तामोडमा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पूवाञ्चलका संयोजक कोषराज न्यौपानेले द्वन्द्वकालीन समयका गम्भीर प्रकृतिका घटना मेलमिलापको विषय बन्न नसक्ने बताएका छन् । उनले पीडितले न्याय पाउन नसकेसम्म द्वन्द्वको समाधान हुन नसक्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक न्यौपानेले न्यायका लागि पीडित पक्षलाई सजग हुन आग्रह समेत गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य झलकसिंह दर्लामीले द्वन्द्व निरुपणको कार्य ढिलो भएको बताए । संक्रमणकाललाई अन्त्य गर्न र पीडितले न्याय पाउन द्वन्द्व अन्त्य हुन…
बंगलादेश सरकारले घोषणा गरेको दस हजार मेट्रिक टन चामल राहतमध्ये दोस्रो पल्ट एक लाख क्विन्टल चामल शनिबारदेखि उपलब्ध गराउन सुरू गरेकाे छ ।शनिबार भारत बंगलादेश सीमा नाका फुलबारी बंगलाबन्दमा बंगलादेश सरकार विपद व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले नेपालका तर्फबाट उक्त चामल झापाका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई हस्तान्तरण गरे ।
बुधवारे । विर्तामोडको बाल्मिकी एजुकेसन फाउण्डेसनबाट हालै एसएलसी पास गरेका १५ वर्षीय दिवश कार्कीले ‘एसएलसी प्रिन्स’को उपाधि जितेका छन् । मुलुकभर एडिसनबाट छानिएका २५ जनाले भाग लिएको ‘ग्रान्ड फिनाले’मा झापाका दिवशले उपाधि जितेका हुन् । उनले ‘एसएलसी प्रिन्स’को उपाधिसँगै ३० हजार नगद पुरस्कार र ४ लाख रुपैयाँ बरावरको स्कलरशिप प्राप्त गरेका छन् । असार ७ गते प्रज्ञा भवन कमलादीमा भएको ग्रान्ड फिनालेमा नायिका रजनी केसी, गायक निर्णय, क्रिकेट एसोसिएसनका अध्यक्ष लगायतका निर्णायकहरू थिए । उनले यसैवर्ष बाल्मिकीबाट ‘ए’ ग्रेडमा एसएलसी पास गरेका हुन् । उनी काठमाडौँको गोल्डेन गेट कलेजमा कक्षा ११ मा पढ्ने भएका छन् । दिवशमा गीत गाउने…
मेलम्ची । नेपाली सेना शत्रु भञ्जन गुल्मले सिन्धुपाल्चोक जिल्लाको भोटेनाम्लाङ गाविस–९ तिपेनीका १२ परिवारलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले र त्यसपछिका परकम्पले स्थानीयवासीको घर पूर्णरुपमा क्षति भएको थियो । पीडितको पहिचान गरेर क्षति भएको सर्वसाधारणको एकीकृत बस्ती विकास गर्ने योजनाअन्तर्गत सेनाले १२ कोठे सामूहिक आवास भवन सर्वसाधारणलाई उपलब्ध गराएको हो । नेपाल सरकार पुनःनिर्माण प्राधिकरणको ग्रामीण विकास योजनाअन्तर्गत विनियोजन भएको रकमद्वारा २२ दिनमा सेनाले भवन निर्माण गरेर गुल्मपति श्यामशरण गोतामेले बताए । भूकम्प प्रतिरोधात्मक सामूहिक आवास पाएपछि वर्षा र चर्काे घाममा ओतलाग्न सजिलो भएको भन्दै आफूलाई निकै खुसी लागेको स्थानीय वृद्धा…
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित बागमती नदीमा एक पुरुषको शव फेला परेको छ । १ सय ६३ औं हप्ताको बागमती सफाईका क्रममा शनिबार बिहान बागमतीमा सड्न लागेको पुरुषको शव पेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्जको शवगृहमा पठाएको प्रहरीले जनाएको छ । उचाई करीब ५ फिट ४ ईन्च, गोलो अनुहार,थेप्चो नाक, मंगोलिएन जस्तो देखिने, कलेजी रातोमा फिक्का खुईलिएको निलो रङको चेक सर्ट र गाढा खरानी रंगको पाईन्ट लगाएको, जुंगा खैरो, बायाँ हातमा सेतो फलामको बाला लगाएको,कालो पलाष्टिकको चप्पल लगाएको अन्दाजि ३०र३२ बर्षको पुरुष ब्यक्तिको शवको सनाखत हुन नसकेको…
इटहरी, ११ असार । मनसुन सुरुभएसँगै सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा बाढीको प्रकोप बढेपछि इटहरी उपमहानगरपालिका क्षेत्रमा जनस्तरबाट विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्थाको पदाधिकारी समेतको वृहत छलफलबाट विपद् व्यवस्थापन समितिको गठन भएको छ । विपद् व्यवस्थापनलाई ध्यानमा राखेर गठित समितिमा नेपाली काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेलको संयोजकत्वमा समिति गठन भएको छ । पौडेलसहित एमाले नगर अध्यक्ष रेवतीप्रसाद घिमिरे, नेकपा (माओवादी) केन्द्रका नगर प्रमुख सागर सुवेदी र अन्य राजनीतिक दलका प्रमुखका साथै नागरिक समाजका तर्फबाट दिनेश रसाइली, सङ्गित साधना प्रतिष्ठानका महासचिव राजु केसी, पत्रकार व्दय सचिन पोख्रेल र लिलाराज भट्टराई सदस्य रहेका छन् । समितिले विपद्का बेला आइपर्नसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण…
झापा । भुकम्प पीडितहरुका लागि बंगलादेश सरकारले पुन: एकलाख क्विन्टल चामल सहयोग गर्ने भएको छ । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पीडित बनेका भुकम्प पीडितले अझैं पनि पर्याप्त राहत पाउन नसकिरहेको वेला वंगलादेश सरकाले पुन खाद्य सामग्री सहयोग गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए । वंगलादेश सरकारले उपलब्ध गराउने चामल शनिवार हस्तान्तरण हुुँदैछ । उक्त चामल सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्रहण गर्ने बताइएको छ । वंगलादेशको फूलवारी नाकाका डीएमले झापाका सहायक प्रमुख जिल्ला अधिकारीलाई उक्त राहको चामल हस्तान्तरण गर्ने बताइएको छ । उक्त कार्याक्रमका लागि शनिवार सहायक प्रमुख जिल्ला अधिकारी सापकोटा सहित खाद्य संस्थानका…