काठमाडौं । ललितपुरको कुपण्डोलस्थित बागमती नदीमा एक पुरुषको शव फेला परेको छ ।
१ सय ६३ औं हप्ताको बागमती सफाईका क्रममा शनिबार बिहान बागमतीमा सड्न लागेको पुरुषको शव पेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्जको शवगृहमा पठाएको प्रहरीले जनाएको छ ।
उचाई करीब ५ फिट ४ ईन्च, गोलो अनुहार,थेप्चो नाक, मंगोलिएन जस्तो देखिने, कलेजी रातोमा फिक्का खुईलिएको निलो रङको चेक सर्ट र गाढा खरानी रंगको पाईन्ट लगाएको, जुंगा खैरो, बायाँ हातमा सेतो फलामको बाला लगाएको,कालो पलाष्टिकको चप्पल लगाएको अन्दाजि ३०र३२ बर्षको पुरुष ब्यक्तिको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box