झापा । भुकम्प पीडितहरुका लागि बंगलादेश सरकारले पुन: एकलाख क्विन्टल चामल सहयोग गर्ने भएको छ ।
२०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पीडित बनेका भुकम्प पीडितले अझैं पनि पर्याप्त राहत पाउन नसकिरहेको वेला वंगलादेश सरकाले पुन खाद्य सामग्री सहयोग गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए ।
वंगलादेश सरकारले उपलब्ध गराउने चामल शनिवार हस्तान्तरण हुुँदैछ ।
उक्त चामल सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्रहण गर्ने बताइएको छ ।
वंगलादेशको फूलवारी नाकाका डीएमले झापाका सहायक प्रमुख जिल्ला अधिकारीलाई उक्त राहको चामल हस्तान्तरण गर्ने बताइएको छ ।
उक्त कार्याक्रमका लागि शनिवार सहायक प्रमुख जिल्ला अधिकारी सापकोटा सहित खाद्य संस्थानका कर्मचारी, भन्सार अधिकृत, प्रहरी लगायतको टोली वंगलादेशकाे फूलबारी नाका प्रस्तान गरेको छ ।
Facebook Comments Box