झापा । किशोरी शिक्षा सम्बन्धी पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शनिबार एक दिने गोष्ठी सम्पन्न भएको छ ।
इटहरीमा यूनेस्को नेपालको आर्थिक सहयोग तथा नीलगिरी युवा क्लव मेचीनगर झापाको संयोजनमा सम्पन्न गोष्ठीमा झापा, इलाम, सुनसरी, मोरङ र धनकुटाका गरी डेढ दर्जन पत्रकार महिलाको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहजीकरण यूनेस्को नेपालका निर्देशक तपराज पन्त, लक्ष्मण खनाल र पत्रकार ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेका थिए ।
Facebook Comments Box