Author: admin

झापा। सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गरेका छन् । नेपाल प्रेस युनियनको रजत महोत्सव तथा वार्षिक साधारणसभाको अवसर पारेर सांसद शिवाकोटीले बिहीबार उक्त सामग्री प्रदान गरेका हुन् । बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागार्इंलाई प्रदान गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भूजेल, नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द क्षेत्री, केन्दीय पार्षद राजेन्द्र…

Read More

विर्तामोड । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा विहीबार आयोजित रजत महोत्सव तथा बार्षिकोत्सको अवसरमा सांसद शुधिर शिवाकोटीले एकथान ल्यापटप र कलर प्रिन्टर प्रदान गरेका थिए । सो सामग्री नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भूजेल, नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द क्षेत्री, केन्दीय पार्षद राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक मोहन काजी, प्रेस चौतारी नेपालका केन्द्रीय…

Read More

देशभरमा नयाँ पुराना गरी २ सय १७ नगरपालिका छन् । तर दमकल भएका नगरपालिकाको संख्या भने ७१ मात्र छ ।तर दमकल भएका नगरपालिकाको संख्या भने ७१ मात्र छ । कतिपय दमकल काम गर्नसक्ने अवस्थामा नरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकारोक्ति छ ।

Read More

खबरमञ्च, काँकरभिट्टा । शनिबारदेखि पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ् शिल्ड खेलकूद प्रतियोगिताको आठौं संस्करण सुरु हुँदैछ । उक्त प्रतियोगिता उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले गर्दैछन् । झापामा पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगिताकोे तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । उक्त पूर्वाञ्चल खेलकूद विकास समितिको आयोजना तथा झापा खेलकूद विकास समितिको संयोजनमा काँकरभिट्टामा हुन लागेको हो । झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले झापाको इतिहासमा प्रथम पटक सञ्चालन हुन लागेको प्रतियोगितालाई सभ्य, भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न आम झापावासीलाई आग्रह गरे । अध्यक्ष थापाले क्षेत्रीय प्रतियोगितामा भाग लिन पूर्वाञ्चलका विभिन्न जिल्लाबाट…

Read More

नेपालमा निरंकुश राणा शासनको अन्त्यबाट श्री गणेश भएको प्रजातान्त्रिक परिपाटीबाटै जन्मेको यो राजनीतिक खेल पनि सात दशक बुढो भइसकेको छ । अब त हामी नेपालीहरु पनि यहि व्यवस्थामा बानी परिसकेका छौँ । सात दशक देखि सरकार गठन र बिघटनको खेल चलिरहेको छ ।

Read More

सौगात मल्लको फरक अभिनय समावेश  फिल्म ‘लुकामारी’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि दुई गीत सार्वजनिक गरिसकेको निर्माण युनिटले प्रचारलाई नयाँ गति दिन ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको सार्वजनिक ट्रेलरले कमेडी फ्लेभरको संकेत गर्छ । जहाँ सौगातलाई मधेसी युवकको अबतारमा देख्न सकिन्छ भने अर्का अभिनेता कर्मा पुरापुर नेवारी फ्लेभरमा छन् । फिल्ममा सौगात र कर्मासँगै सुरविना कार्की, रिस्ता बस्नेत लगायत लिड रोलमा छन् ।  श्रीराम दाहालले निर्देशन गरेको यो फिल्मलाई सुरजमान सिंहले निर्माण गरेका हुन् । भिडियाे: https://youtu.be/vE2uVWme43k

Read More

रोजगारीको क्रममा परदेशबाट एक महिने छुटीमा नेपाल गएका नेपालीले त्यो अवधिमा घुमघाम र आफन्तसागको भेटघाटमै बिताउछन् । तर, विगत ५ वर्षदेखि यूएईको एक कम्पनीमा सेल्सम्यानका रुपमा कार्यरत वालिङ–८, स्याङजाका दिपक काफ्लेले घुमघाममा मात्र समय बिताएनन् । उनले एक आधुनिक गीतमा मोडलिङ गरेका छन् । गीत, संगीत, साहित्य, अभिनय तथा कलाकारितामा रुचि राख्ने २६ वर्षिय दिपकले एउटा आधुनिक गीतमा अभियन गर्न भ्याएका छन् । मोडलिङमा करिअर खोजिरहेका दिपकले ‘मानेन…मानेन….’ बोलको गीतमा मोडलिङ गरेका छन् । नेपाली कलाकार समूह, यूएईका सदस्य उनलाई भिडियोमा साथ दिएकी छिन् बुटवलकी प्रीया भण्डारीले । गायक विक्रम राना र गायिका गीता पाइजाको स्वर रहेको उक्त गीतको शब्द…

Read More

काठमाडौं  : सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले आम सञ्चार नीतिको मस्यौदा तयार पारेको छ । नयाँ संविधानको मर्म तथा संघीयताको खाका अनुसार नयाँ आम सञ्चार नीति तर्जुमा गर्न मन्त्रिपरिषदले तीन महीनाअघि प्रशासकीय अदालतका अध्यक्ष काशिराज दहालको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको थियो । मस्यौदामा विदेशी टेलिभिजन च्यानल नेपालमा प्रशारण गर्दा त्यहाँको विज्ञापन बजाउन नपाइने (क्लिनफिड) व्यवस्था गरिएको छ । त्यसैगरी मिडिया एकाधिकार रहन नदिन रेडियो, टेलिभिजन, पत्रिकामध्ये कुनै दुईमा एउटै संस्थाको बहुमत शेयर नरहने व्यवस्था गरिएकोे छ । मिडियामा स्व–नियमन प्रोत्साहन गर्न स्व–नियमन संयन्त्र (एम्बुस म्यान) को व्यवस्था हुनुपर्ने पनि उल्लेख छ । मस्यौदामा रेडियो फ्रिक्वेन्सीलाई राष्ट्रिय सम्पत्ति भन्दै रेडियोहरुले…

Read More

झापा । बालकल्याण मावि मेचीनगरकी मिक्सेन लावती एकल नृत्य प्रतियोगितामा झापा प्रथम भएकी छिन् । शिक्षा मन्त्रालयको निर्देशन अनुसार जिल्ला शिक्षा कार्यालय झापाले आयोजना गरेको ‘प्रतिभा पहिचान’ कार्यक्रममा झापाका १६ वटा स्रोत केन्द्रका प्रतिस्पर्धीलाई पछि पार्दै काँकरभिट्टा स्रोत केन्द्रबाट सहभागि मिक्सेन जिल्ला प्रथम भएकी हुन् । उनी स्रोत केन्द्रस्तरीय नृत्य प्रतियोगिताबाट छनौट भएर जिल्लामा सहभागि भएकी थिइन् । यो उपाधीसँगै मिक्सनेले जेठ दोस्रो साता धनकुटामा हुने पूर्वाञ्चलस्तरीय एकल नृत्य प्रतियोगितामा १६ जिल्लाका प्रतियोगिसँग प्रतिस्पर्धा गर्नेछिन् । कक्षा ९ मा अध्ययनरत उनी बालक्लबकी अध्यक्ष तथा विद्यालयकी क्याप्टेन समेत हुन् । विरेन्द्र उमाविमा भएको प्रतियोगितामा दोस्रो महेन्द्ररत्न उमावि विर्तामोडकी नम्रता उप्रेती र…

Read More