राजनीतिको शाब्दिक अर्थ भनेको राज्य चलाउने नीति भन्ने बुझिन्छ । विभिन्न विचारधाराका राजनीतिक दलहरुको संगठनमा देश हाँक्ने नीति नियम नै राजनीति हो । विभिन्न बिचारधाराका राजनीतिक पार्टीहरुको समन्वयमा देशमा सुशासन लागु गर्न बनाइएका नीति नियम अर्थात देश हाँक्ने पद्धतिनै राजनीतिक हो । तर नेपालको सन्दर्भमा राजनीतिलाई सत्ताधारी दल र नेताहरुको स्वार्थपूर्तिको माध्यमको रुपमा परिभाषित गर्दा अत्युक्ति नहोला ।
नेपालमा निरंकुश राणा शासनको अन्त्यबाट श्री गणेश भएको प्रजातान्त्रिक परिपाटीबाटै जन्मेको यो राजनीतिक खेल पनि सात दशक बुढो भइसकेको छ । अब त हामी नेपालीहरु पनि यहि व्यवस्थामा बानी परिसकेका छौँ । सात दशक देखि सरकार गठन र बिघटनको खेल चलिरहेको छ । अन्य मुलुकमा एक एक पटक बनाइएको संविधान शताब्दिसम्म पुग्छ तर नेपालमा भने सात दशकको अन्तरालमा सातवटा संविधान बनिसकेका छन् । यसलाई नेपालले यति धेरै संविधान लेख्ने मुलुक भई नाम कमाएकोमा सौभाग्य ठान्नु कि राजनीतिक अस्थिरतामा रुमलिएको देश भएकोमा दुर्भाग्य ठान्नु, यो बिबादास्पद नै छ । नेपालमा भर्खरै घोषणा भएको नेपालको संविधान २०७२ लाई विश्वकै उत्कृष्ट संविधानको संज्ञा दिएका छन् । हाम्रो छिमेकी मुलुक भारतमा मात्र ६५% मतले स्वीकार्य संविधानको अगाडि हाम्रो ९०% मतले स्वीकार्य संविधाननै उत्कृष्ट ठानियो । भारतबाट नेपाललाई लगाइएको अघोषित नाकाबन्दी पनि नेपालप्रतिको डाहको नतिजाको रुपमा कतिले हेरे । तर आज संविधान कायनवयनको समयमा आएर उत्कृष्टता र नीचताको वास्तविक अर्थ नेपाल र नेपालीहरुले बुझेका छन् । ९०% मतले स्वीकार्य संविधान कार्यान्वयनमा किन यति समस्या ? संविधान कार्यन्वयनमा आएका धेरै समस्याका कारण के हुन् त ? यसबारे न त राजनीतिक दलले पुष्टि गर्न चाहेका छन् न त नेपालीहरुमा यसबारे जान्ने इच्छा नै छ ।
नेपालमा नेपाल र नेपालीहरुको इच्छा र चाहना विपरित राजनीतिक पार्टी र नेताहरुको स्वार्थलाई बढि प्राथमिकता दिइन्छ । एउटाको सरकार बस्ने बित्तिकै त्यसलाई उठाउने चलखेल सुरु भइहाल्छ । वर्तमान सन्दर्भमा , एकरातमैं देउवा र प्रचण्डको मिलेमतोमा प्रचण्डको अध्यक्षतामा सरकार गठन गर्ने निर्णय र लगत्तै अर्को रात ओलीसँगको भेटवार्तामा बदलियो र ओली सरकार टिक्ने भयो । यसरी रातारात बदलिन सक्ने राजनीतिक अस्तित्वले देशमा के नै गर्न सक्ला र ! त्यसैले अब देशमा राजनैतिक खेल बन्द गरि राष्द्र र राष्ट्रवासीको चाहनास्वरुप देशचलाउनुनै हरेक राजनीतिक पार्टीको अभिप्राय हुनुपर्छ नत्र नेपाल र नेपालीहरु गरीबी र द्धन्द्वको अन्धकार खाडलमा सधैं रुमलिरहनेछन् ।
– लेखकले यसपटक एसएलसी दिएका हुन् ।
1 Comment
What a fabulous writer? Nice.