भोलि भोलि भनेर जनतालाई झोली भिराउने यो देशमा,
नयाँ भोलि देखाउँदै आयौ तिमी ओली सरकार ।
निराशा र अन्योलता छाएको नेपाली मनमा,
नयाँ नेपालको आशा जगायौ तिमीले ओली सरकार ।
उखान-टुक्का राम्रै हान्छौ,भाषणमा नि कहाँ कम छौ,
आफ्नै कुरो अघि सार्न, विपक्षीलाई तल झार्न, ओली सरकार ! तिमी पोख्त रैछौ ।
आउँछ आउँछ भन्ने गर्थे, निकै ठूला गफ गर्थे,
साँच्चै आयौ, आफ्नै अडानमा आयौ, देशमा छायौ तिमी ओली सरकार ।
पाइपबाट घरघरमा ग्याँस ल्याइदियौ तिमीले
हावाबाट पुग्दो बिजुली चलाइदियौ तिमीले, ओली सरकार !
प्रधानमन्त्री हौ कि हाँस्यकलाकार तिमी,
जे भएनी खुब हँसायौ तिमीले, ओली सरकार !
कुद्छ अरे लिग बिना नै देशमा अब चाइनिज रेल,
हुन्छ अरे नयाँ नेपाल बन्दैन भन्नेका वाक्य फेल ।
रेलगाडी मात्र होइन,गल्लि गल्लिमा चल्छ अरे पानी जहाज
देश विकासमा यसरी लाग्ने ओली सरकार, तिमी कति महान्?
अहिले हामीलाई न रेलको न छ पानीजहाजको रहर,
सबैतिर बाटो पुगे, गाउँसहर झिलीमिली भए छाउँथ्यो बेग्लै खुशीको लहर ।
देश विकास त गर्नैपर्छ, देशको मुहार फेर्नै पर्छ,
तिमी नै छौ ओली सरकार ! देशकालागि तिमीले लड्नै पर्छ ।
राजनितिमा जुनै जोगी आएनी कानै चिरेका,
समृद्घ राष्ट्र निमार्णको केही थिएन आशा अनि भरोसा ।
केही गर्छु, देशको मुहार फेर्छु भन्दै आयौ तिमी ओली सरकार,
निदाएको यो देशलाई केही मिठा सपना देखायौ तिमीले ओली सरकार ।
तिम्रो सपनाले केही आशाका टुसा पलाएका छन् ,
निथ्रुक्क भिजेका यी नेपाली मन, केही सुकिला भएका छन् ।
आशा गरौँ गर्छाै तिमी सबै सपना साकार,
गुञ्जिनेछ सबैतिर वाह! ओली सरकार, वाह! ओली सरकार ।
– घिमिरेले यसपटक एसएलसी दिएका हुन् ।
1 Comment
अति उकृष्ट कविता।