विर्तामोड । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा विहीबार आयोजित रजत महोत्सव तथा बार्षिकोत्सको अवसरमा सांसद शुधिर शिवाकोटीले एकथान ल्यापटप र कलर प्रिन्टर प्रदान गरेका थिए । सो सामग्री नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागाई प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भूजेल, नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द क्षेत्री, केन्दीय पार्षद राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक मोहन काजी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्विका भण्डारी, जिल्ला अध्यक्ष मुक्ति पौडेल, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष टीकाराम उप्रती लगायतले बोलेका थिए ।
नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद लोकराज ढकलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह सचिव गिरीराजमणि भट्टराईले गरेका थिए ।