झापा। सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गरेका छन् ।
नेपाल प्रेस युनियनको रजत महोत्सव तथा वार्षिक साधारणसभाको अवसर पारेर सांसद शिवाकोटीले बिहीबार उक्त सामग्री प्रदान गरेका हुन् । बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागार्इंलाई प्रदान गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भूजेल, नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द क्षेत्री, केन्दीय पार्षद राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक मोहन काजी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्विका भण्डारी, जिल्ला अध्यक्ष मुक्ति पौडेल, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष टीकाराम उप्रती लगायतले बोलेका थिए ।