Author: admin
खबरमञ्च, भद्रपुर । सरकारले बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरे पनि धान उत्पादनमा मुख्य भूमिका निर्वाह गर्ने झापाका अधिकांश पुराना किसानले यस बर्ष चैते धान लगाउन इच्छा देखाएनन् । लगाएको धान खेतिको लगानी समेत नउठ्ने भएकाले आफूहरुले चैते धान नलगाएको किसानहरुको गुनासो छ । झापा शनिअर्जुन नगरपालिका ८ का किसान जीवनाथ बरालले गत सालसम्म एक विगाह जग्गामा चैते धान लगाउँथे । तर यस बर्ष उक्त धान लाग्ने खेत बाँझै छ । शनिअर्जुन नगरपालिका ८ कै दिनानाथ अधिकारीले पनि चैते धान लगाउन मन गरेनन् । भारतबाट धेरै मात्रामा धान चामल भित्रिने गरेका कारण आफूले पाएको धानको मूल्यले लगानी पनि नउठने अधिकांश…
आर्थिक वर्ष २०७३/७४ को बजेटमा सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने, किसानलाई पेन्सन दिने, प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता पपुलिष्ट कार्यक्रम समेटेर बजेट तयार भएको अर्थमन्त्रालय स्रोतको दावी छ । २०५१ सालको नौ महिने एमाले सरकारका पालामा आएको बजेटजस्तै लोकप्रिय बनाउन यस्ता केही नयाँ कार्यक्रम बजेटमा राखिएका छन्।
एजेन्सी । तपाईं कत्तिको मूला खानुहुन्छ ? मूलाले सलादका अतिरिक्त औषधिको पनि काम गर्छ । विज्ञहरुका अनुसार पायल्सको उपचारका लागि मुला नम्बर एक औषधि मान्न सकिन्छ । मूलाले पायल्स निको पार्ने क्षमता राख्छ । लाखौं मानिस पायल्स रोगबाट पीडित भइरहेका हुन्छन् । यसबाट मुक्ति पाउन पनि बिरामीले विभिन्न उपचार माध्यम खोजिरहेका हुन्छन् । तर धेरैलाई घरमा सहजै पाइने मूलाका बारेमा थाहा नहुन सक्छ । मूलामा प्रशस्त मात्रामा घुलनशिल रेशा हुन्छन् जसले पाचन प्रणालीलाई सहयोग गर्छ र शौच प्रक्रियालाई सजिलो बनाउँछ । यसमा पाइने एक प्रकारको तेलले पायल्सको बेला हुने दुखाई र पीडा कम गर्छ । कसरी प्रयोग गर्ने ? मह मिसाएर- पायल्सका…
काठमाडौँ । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय सुनुवाइ विशेष समिति कति सदस्यीय हुने भन्ने विषयमा संसदमा विवाद भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख दलका शीर्ष नेताहरुबीच शुक्रबार भएको छलफलमा सङ्ख्याको विषयमा सत्तापक्ष र प्रतिपक्ष आफ्नै धारणामा अडिग रहेका थिए । सत्तारुढ नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले नेपालको संविधानअनुसार अब संसदीय सुनुवाइ विशेष समिति पनि १५ सदस्यीय हुनुपर्ने अडान राखेका थिए । प्रमुख प्रतिपक्ष दलले भने अरु सबै समितिभन्दा यो समितिलाई किन भिन्न गर्नुपर्यो भन्दै हाल संसदा कायम रहेको सदस्य सङ्ख्याको अनुपात र समावेशी सिद्धान्तलाई पनि ध्यान दिनुपर्ने भएकाले ७५ सदस्यीय नै उपयुक्त हुन्छ भनेर जिकिर गरेको थियो । दुवै…
जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो । हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो । बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्वार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए । सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका…
जमिनको उर्वराशक्ति घट्दै गयो, माटोको चट्टानीकरण भयो, कृषि पारास्थितिक प्रणाली खलबलियो, मानिसको आयु घट्दै गयो, क्यान्सर जस्तो रोग देखिन थाल्यो र जिवहरुको वंशाणुमै असर गर्न थाल्यो ।
चिया एक पेय पदार्थ हो, विश्वका सबै व्यत्तिहरुले पानी पछाडी सर्वाधिक पिउने पेय पदार्थ हो । पेय पदार्थको रुपमा पिईने चिया एक बहुवर्षिय विरुवा चियाबाट बनेको हुन्छ । जैविक विविधताले धरिएको यस पृथ्वीमा चियाको पनि पृथक स्थान छ । चियालाई वैज्ञानिक भाषामा Camellia sinensis भनिन्छ । चिया एक बहुउपयोगी विरुवा हो । प्राचिन चिनमा चियालाई औषधिको रुपमा पनि लिईन्थ्यो र आज पनि लिदै आएको छ । चियाको बोटबाट उत्पादन हुने चियाको मुनालाई प्रशोधन गरि तयारी चिया बनाईन्छ र उत्त चिया तातो पानीमा डुवाई पिउने गरिन्छ । यस अर्थमा चिया एक विरुवा मात्र नभई पानी पछाडि सर्वाधिक पिईने पेय पदार्थ…
प्रेस प्रतिनिधि प्रमाणपत्र सूचना विभागले श्रमजीवि पत्रकारहरुलाई प्रदान गर्ने प्रमाणपत्र तथा परिचयपत्र हो । विभागले उक्त प्रमाणपत्र २०३२ साल देखि प्रदान गर्दै आएको छ । प्रायःजसोले यस परिचयपत्रलाई सिंहदरवार छिर्न चाहिने कार्डको रुपमा लिएका हुन्छन्, जुन गलत बुझाइ हो । वास्तवमा यो प्रमाणपत्र तथा परिचयपत्र राज्यले आम पत्रकारलाई दिएको चिनारी तथा गरेको पहिचान हो । यसबाटै राज्यले आम श्रमजीवि पत्रकारलाई मान्यता प्रदान गर्दछ । छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ३१ म प्रेस प्रतिनिधि प्रमाणपत्र नपाएको व्यक्तिलाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट सुविधा, सहायता वा सहुलियत दिइने छैन भनी उल्लेख गरिएको छ । यसैगरि पत्रकार…
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । जुन बस्ती गत वर्षको विनाशकारी भुकम्पका कारण ध्वस्त भएपछि धुर्मुस सुन्तली अहिले नमुना बस्ती बनाउने गरी पुनःनिर्माणमा जुटेका छन् । राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरेको छ । एक जोडी कलाकारले उदाहरणीय काम…