प्रेस प्रतिनिधि प्रमाणपत्र सूचना विभागले श्रमजीवि पत्रकारहरुलाई प्रदान गर्ने प्रमाणपत्र तथा परिचयपत्र हो ।
विभागले उक्त प्रमाणपत्र २०३२ साल देखि प्रदान गर्दै आएको छ । प्रायःजसोले यस परिचयपत्रलाई सिंहदरवार छिर्न चाहिने कार्डको रुपमा लिएका हुन्छन्, जुन गलत बुझाइ हो ।
वास्तवमा यो प्रमाणपत्र तथा परिचयपत्र राज्यले आम पत्रकारलाई दिएको चिनारी तथा गरेको पहिचान हो । यसबाटै राज्यले आम श्रमजीवि पत्रकारलाई मान्यता प्रदान गर्दछ ।
छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ३१ म प्रेस प्रतिनिधि प्रमाणपत्र नपाएको व्यक्तिलाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाबाट सुविधा, सहायता वा सहुलियत दिइने छैन भनी उल्लेख गरिएको छ ।
यसैगरि पत्रकार दुर्घटना बीमा व्यवस्थापन) निर्देशिका, २०७० ले प्रेस परिचयपत्रलाई सहभागिको योग्यताको रुपमा लिएको छ । स्वतन्त्र पत्रकारको परिचयपत्र लिनकाका लागि पनि यो प्रमाणपत्र सहायकसिद्ध हुन्छ ।
यतिमात्र नभइ श्रमजीवि पत्रकारहरुलाई सम्बन्धित सञ्चारगृहले सेवा, सुविधा नदिएको वा मार्का पारेको खण्डमा पनि परिचयपत्र तथा परिचयपत्र लिँदा पेस गरेका कागजपत्रहरुले सहयोग गर्छन् । त्यसैल, यसको प्रयोग र उपयोगितालाई संकुचित दायरामा राख्नु मनासिब हुँदैन ।
प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गर्दा आकर्षित हुने कानुनहरुमा छापाखाना र प्रकासन सम्बन्धी ऐन, २०४८ र नियमवली, २०४९ श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ तथा नियमवली,२०५३ तथा प्रेस प्रतिनिधि –प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि, २०७१ मुख्य रहेका छन ।
प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र बनाउन आउँदा निम्न बिषयमा ध्यान दिनु पर्दछ –
- समयमै दरबन्दी विवरण तथा श्रमजीवि पत्रकार कर्मचारी कामदारको विवरण बुझाउने
- नयाँ प्रमाणपत्रको लागि नियुक्तिपत्र, सम्बन्धित सञ्चारगृहको सिफारिस, नागरिकता र एस.एल.सि. को मार्क सिट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ल्याउने
- सम्पादककाे हकमा पत्रिका स्थायी दर्ताको प्रमाणपत्र, एस.एल.सि देखि स्नातक सम्मको मार्क सिट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ल्याउने
ड्ड नविकरणको हकमा नियुक्ति तथा सम्बन्धित सञ्चार संस्थाको सिफारिस पत्र ल्याउने - नेपाल बाहिरको विश्वविद्यालयबाट न्यूनतम उपाधि हासिल गरेको भए सोको समकक्षता निधारर्णको प्रमाणपत्र ल्याउने
प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र राज्यले श्रमजीवि पत्रकारलाई उपलब्ध गराएको प्रमाणपत्र तथा परिचयपत्र हो । यो श्रमजीवि पत्रकारको पहिचान तथा चिनारि हो । आजको युग सूचना तथा सञ्चारको युग पनि हो, त्यसैले यस क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएका पक्षबिच कुनै न कुनै सेतू हुनु पर्दछ । यसै मेसोमा प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्रले राज्य र श्रमजीवि पत्रकारबिच सेतूको काम गरेको छ । खाँचो त यसको सही सदृुपयोग मात्र हो ।
2 Comments
पत्रकारलाइ चाहिने कुरो पो रहिछ ।
अाम पत्रकारहरुका लागि सुनाैलाे अवसर जुन प्रेस पत्र सदुपयाेग गराैँ दुरुपयाेग हाेइन । पत्रकारीता भनेकाे एउटा देशकाे राष्टिृय सुरक्षा नीतिकाे एउटा बलियाे अायाम पनि हाे जुन प्रत्येक पत्रकार ज्यूलाई सवेदनशीलकाे विषय पनि हाे र यस विषयमा अाफू पनि सँधै इमन्दारिताकाे भावना बाेकी अाफ्नाे कार्यक्षमता र पेशा माथि विश्वास गरि अगाडि बढ्नु पर्छ भन्ने विश्वासका साथ अनुराेध पनि छ ।