इतिहास हेर्दा धेरैै देशहरुमा धेरै खालको क्रान्ति भएका छन् । ति क्रान्तिहरुलाई राजनैतिक क्रान्ति, धार्मिक क्रान्ति, सास्कृतिक क्रान्ति, जातिय क्रान्ति, आर्थिक क्रान्ति, कृषि क्रान्ति आदि ।
सन १९४९ मा चिनमा राजनीतिक परिवर्तनलाई सास्कृतिक क्रान्तिको संज्ञा दिईएको थियो, चिनले त्यसपछिको समयलाई आर्थिक क्रान्तिमा रुपान्तरण गर्याे । आर्थिक क्रान्तिको लागि चिनले कृषि क्रान्तिलाई पनि एक अंश बनाए पनि अन्ततः चिन औद्योगिक क्रान्ति तर्फनै अग्रसर भयो ।
सोह्रौ शताब्दिमा फ्रासमा राजनैतिक क्रान्ति भएको थियो । विभिन्न देशहरुमा स्वतन्त्रताको लागि ठुलो संगा्रम भएको थियो र ति देशहरुले स्वतन्त्रतालाई नै क्रान्ति माने । हाम्रै नेपालमा पनि १८ औं शताब्दिमा एकिकरण र २१ औं शताब्दिमा गणतन्त्रको लागि क्रान्ति नै गरियो । तर यि सबै क्रान्तिहरु केवल मानिस भित्रको अह्म भावले गर्दा श्रृजना भएको परिस्थिति मात्र हो । पारिस्थितिक प्रणालीको मानिस पनि एक अङग हो । मानिस एक त्यस्तो अङग हो जसको बुद्धिमताको सहि उपयोगले पारिस्थितिक प्रणाली झनै राम्रो बन्न सक्छ । अन्य जिवजन्तुहरु केहि जङगलमा, केहि अन्य जिवहरुमा आश्रित रहे झै मानिस कृषिमा आधारित जिव हो ।
मानवको उत्पत्ति र विकास हुदै जाँदा मानिस सर्वआहारी भए पनि मानवलाई यो स्थितिमा ल्याउने कृषि नै हो त्यसैले म यो पनि भन्ने गर्छु कृषि भन्दा ठुलो खोज केहि होईन । मानवले कृषिको आविस्कार गरेरनै समाजको स्थापना भयो उक्त समाज आज मिलेर बसेको छ ।
सामाजिक क्रान्ति, आर्थिक क्रान्ति, औद्योगिक क्रान्ति, राजनैतिक क्रान्ति कृषि क्रान्ति पश्चात भएका घटना हुन । परापूर्व कालमा कृषिको अविश्कार हुनु पूर्व मानिसले शिकार गरि जिविका चलाउथे, शिकार गर्नको लागि पुरुषको आवश्यकता पथ्र्यो त्यसैले उक्त समाजमा छोराको महत्वलाई प्रथामिकता दिईयो, यो प्रथामिकता आज पनि केहि समाजमा देख्न सकिन्छ । कृषिको अविस्कार पछि पुरुष सामाजिक व्यवस्थाको निमार्ण, आर्थिक वृद्धि, राजनैतिक क्रान्ति तर्फ अग्रसर भए । यस पृथ्वीमा कृषिको अविस्कार पश्चात पनि भोकमरिको समस्या भने निर्मुल भएन । अनियन्त्रित मात्रामा जनसंख्या वृद्धि, युद्ध, प्राकृतिक विपद जस्ता कारणले गरिबि समस्या बढदै गयो ।
विश्वको भोकमरिलाई निर्मुल पार्नको लागि सन १९६० मा कृषिमा आधुनिकिकरण गरि धेरै उत्पादन गर्नको लागि आधुनिक उपकरण रासायनिक खाद्यतत्व र रासायनिक विषादिको प्रयोग कृषि उत्पादनमा गर्न थालियो । यसलाई हरितक्रान्तिको रुपमा लिईन्छ । यो हरितक्रान्तिले तत्कालिन समयमा उत्पादन पनि बढ्यो र गरिबि समस्या पनि केहि हद सम्म कम भयो तर यसले पारास्थितिक प्रणालीमा ठुलो असर गर्याे ।
जमिनको उर्वराशक्ति घट्दै गयो, माटोको चट्टानीकरण भयो, कृषि पारास्थितिक प्रणाली खलबलियो, मानिसको आयु घट्दै गयो, क्यान्सर जस्तो रोग देखिन थाल्यो र जिवहरुको वंशाणुमै असर गर्न थाल्यो ।
६० को दशकमा शुरु भएको हरितक्रान्ति आज झन्डै ५० वर्ष बित्न नपाउदै यसले समग्र पारास्थितिक प्रणालीमा कहिल्यै निको गर्न नसकिने रोग ल्याईदिएको छ । हरितक्रान्तिमा प्रयोग भएको विषादीको कारणले मानव तथा अन्य जिवहरुको वंशाणुमा असर पुगेको छ जसले गर्दा अबको मानिव तथा जिवमा जन्मदा नै केहि कमीका साथ जन्मनेछ, ति विषदीहरुले प्राकृतिक स्रोतहरुमा नराम्रो असर परिसकेको छ, माटोको मृत्यु भैसकेको छ र वायुमण्डलमा समेत असर परिसकेको छ ।
यो वातावरणलाई असर पार्ने औद्योगिकरणबाट उत्र्सजित हावाहरु पहिलो कारकतत्व भए पनि मानिसलाई सिधै असर गर्ने कृषिमा प्रयो भएका विषदीहरु नै हुन । अबको विश्वले हरित क्रान्तिलाई बुझिसकेको छ, कृषि बिना कुनै पनि मानव बाच्न सक्दैन तसर्थ अबको समय कृषि क्रान्तिको हो ।
अबको क्रान्ति केहि फरक हुन्छ र जसलाई असली कृषि क्रान्ति भनिनेछ । यसमा रासायनिक खाद्यतत्व र विषादीको प्रयोग गरिदैन, यसमा प्रयोग गरिने सबै वस्तुहरु जैविक हुनेछन् । वंशाणु सुधार गरिएका बिउको पनि प्रयोग गरिदैन ।
प्रकृतिमा पाईने शुक्ष्म जिवको अत्याधिक प्रयोग गरि जैबिक विधिबाट नै अत्याधिक उत्पादन लिईने छ । यो पुर्ण जैविक प्रविधिमा केहि यन्त्रिक सामानहरु प्रयोग गर्नुपर्ने हुन्छ, तर पर्यावरणलाई नकरात्मक असर गर्ने खालको कुनैपनि वस्तुहरु प्रयोग गरिदैन ।
धेरै मानिसहरुलाई जैविक खेतिमा आबद्ध गराई यसैको माध्यमबाट सामाजिक, आर्थिक र राजनैतिक क्रान्ति गर्न सम्भव छ । विषादी मुक्त खानेकुराले मानिसको स्वास्थ्य सँगसँगै विचार पनि राम्रो हुनेछ, जसबाट समाजमा विकृतिको अन्त्य हुनेछ । सबै मानिस कृषिमा केन्द्रित हुँदा मानिसहरु व्यस्त रहने जसले गर्दा अनावश्यक कुराकानी हुदैन, सबैलाई समयको महत्वको आभाष हुनेछ । यो संस्कृति एक पटक समाजमा स्थापना भयो भने यसले नै समाजलाई सम्मुनत बनाउनेछ ।