Author: admin
विर्तामोड । ‘मिस टीन झापा–२०१५’ को उपाधि विजेता स्मृति ओली ‘वोन फेसन इभेन्ट कम्पनी’को ब्राण्ड एम्बेसेडर हुने भएकी छिन् । विभिन्न किसिमका इभेन्टहरुको आयोजना गर्ने उद्देश्यले शुरु गरिएको यस कम्पनीले स्मृतिलाई आगामी १ वर्षका लागि ब्राण्ड एम्बेसेडर तोकेको हो । मिस टीन झापाको उपाधि जितेपछि स्मृति चर्चाको केन्द्रविन्दुमा छिन् । उनको प्रतिभालाई थप उजागर गराउनका लागि उनलाई ब्राण्ड एम्बेसेडर बनाइएको प्रबन्ध निर्देशक प्रहिल कार्कीले बताए । मोडलिङ, नृत्य र नाटकमा निक्कै रुचि राख्ने उनले नेपाली कथानक चलचित्र ‘सो सिम्पल’, ‘त्यो दिन’ र केही म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । यस वर्ष एसएलसी परिक्षा दिन लागेकी १४ वर्षीय स्मृतिले यो अवसर…
विर्तामोड । बीस महिना अघि धनकुटाको भेडेटारमा पाँच लिम्बुवान घटकको एकीकरणपछि गठन भएको सङ्घीय लिम्बुवान पार्टी नेपालको नेतृत्व अग्रज लिम्बुवान नेता सञ्जुहाङ पालुङ्वाले लिएका छन् । पालुङ्वालाई नेतृत्व सुम्पिएको यो निर्णयसँगै पार्टीबाट कुमार लिङ्देनलाई अध्यक्ष पदबाट हटाइएको छ । अध्यक्ष कुमार लिङ्देनले भेडेटार एकीकरण पूर्व आफैले नेतृत्व गर्दै आएको सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चलाई निर्वाचन अयोगमा नवीकरण गराएपछि असन्तुष्ट भएका एकता पक्षधर अन्य घटकहरूले सञ्जुहाङ पालुङ्वालाई पार्टीको भेला आयोजक समितिको संयोजक तोकेका हुन् । लिङ्देनसँग असन्तुष्ट पार्टीका बहुमत केन्द्रीय पदाधिकारी तथा सदस्यसहित एकता पक्षधरहरूको यही शनिवार र आइतवार आयोजित राजनीतिक भेलाले आयोजक समिति निर्माण गर्दै त्यसको संयोजकमा पालुङ्वालाई चयन गरेको हो । समितिले सोमवार विर्तामोडमा पत्रकार…
काठमाडौं । नेपाली कांग्रेस खोटाङ जिल्ला क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईको घरमा अज्ञात समूहले आगजनी गरेको छ । केही दिनअघि चिउरीडाँडा स्थित घरमा अज्ञात समूहले पेट्रोल/मट्टितेल छर्केर आगजनी गरेका थिए । स्थानीयहरुको सहयोगद्वारा आगो नियन्त्रणमा आएकोले घरमा रहेका परिवारका सदस्य भने बाँच्न सफल भएका थिए । कांग्रेसले उक्त घटनाको भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अमानवीय र उच्छृङ्खल गतिविधि गर्ने आपराधिक मनोवृत्तिका व्यक्तिको तत्काल खोजी गरी उनीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत उच्च सरकारी अधिकारीले मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती व्यहोर्नुपरेको गुनासो बढिरहेको समयमा प्रधानमन्त्री ओली मंगलवार आकस्मिक निरीक्षणमा गएका हुुन् । प्रधानमन्त्री ओलीले विमानस्थलमा सेवाग्राहीलाई सेवा दिन भइरहेको ढिलाइ, सरसफाइको अवस्था लगायतको विषयमा जानकारी लिएका थिए ।
झापा । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार हुनुभएको छ । फाउण्डेशनले गरेको प्रस्ताव मह जोडीले सहर्ष स्वीकार गरेपछि उहाँहरुलाई संस्थापक सल्लाहकारमा नियुक्त गरिएको हो । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजीक काम गर्नका लागि भूकम्प पश्चात फाउण्डेशन स्थापना गरेका थिए । एउटा हाँस्य कलाकारले फाउण्डेशनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् । गिरान्चौर एकिकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्कीने गरी घर बनाउन उहाँहरुले सुझाव दिनुभएको छ । सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हाँस्य…
बिर्तामोड । संवाद समूहको सहजीकरणमा तीनपटक चियाको मूल्य विवाद लिखित रुपमा समाधान गर्न सम्झौता भयो तर उक्त विवाद जहाँ को तहीँ छ । नेपाल चिया उत्पादक संघ र झापाली साना चिया किसान व्यवसायी संघबीचको मूल्य विवाद कागजी रुपमा सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । २०७१ जेठ १९, २०७२ बैशाख ८ र २०७३ बैशाख ८ मा संवाद समूहले दुबै पक्षलाई राखेर मूल्य विवाद समाधान गरेको लिखित कागजजात भए पनि किसानले अहिलेसम्म सहमति अनुसारको मूल्य पाउन सकेका छैनन् । पाँच बर्ष यता झापामा विभिन्न क्षेत्रको विवादलाई समाधान गर्न सहजीकरण गर्ने संवाद समूहको गतिविधिलाई यतिबेला चौतर्फी चासोको विषय बनाइएको छ । तत्काल…
भूमिको मनपरी उपयोग हुँदा खेती योग्य जमिन नष्ट भएको, बस्तीहरु व्यवस्थित नभएको र प्राकृतिक सौन्दर्य गुम्दै गइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न अब कृषियोग्य जमीनमा ‘प्लटिङ’ गर्न नपाइनेसहितका कडा प्रावधान राखी मन्त्रालयले भू-उपयोग नीतिसम्बन्धी विधेयक संसदमा लैजाने भएको हो ।
काठमाण्डाैं । औद्योगिक लगानीमा भारतलाई उछिनेको चीनले नेपालको पर्यटक बजारमा समेत अग्रता लिने संकेत देखिएको छ। कारोबार दैनिकमा समाचार छ। पछिल्ला वर्षहरुमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको आगमन वृद्धि निकै उत्साहजनक छ। नेपाल पर्यटन बोर्डका अनुसार हाल भारतीय पर्यटक आगमन घट्दै गएपनि चिनियाँको आगमनमा भएको बृद्धिले पर्यटन क्षेत्रलाई केही राहत दिएको छ। सन् २०१५ मा चिनियाँ र भारतीइ पर्यटक बराबरीको संख्यामा नेपाल भित्रिएको तथ्यांक छ। यो वर्ष ७४ हजार ७ सय ७७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने भारतीय पर्यटक योभन्दा १०७ मात्रैले बढी अर्थात ७४ हजार ८ सय ८४ छ। बैशाखमा गएको भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा…
काठमाडौं । भारतमा पहिलोपटक जिउमा छाला नै नभएको बच्चा पहिलोपटक जन्मिएको छ । भारतको नागपुरस्थित एक अस्पतालमा शुक्रबार स्थानीय एक महिलाले जिउमा छाला नभएको, जिउभरी चिरा परेको तथा मुख र आँखाको भागमा रातो भएको डरलाग्दी बच्ची जन्माएकी हुन् । यस्तो समस्या भएको बच्चालाई हार्लेक्विन भनिन्छ । भारतमा हार्लेक्विन बच्चा जन्मिएको पहिलोपटक भएको डाक्टरहरुले बताएका छन् । नागपुरको लता मंगेशकर अस्पतालको आइसियूमा अहिले यो बच्चाीको उपचार भैरहेको छ । विज्ञहरुका अनुसार विश्वमा हरेक ३ लाख जन्ममा एक जनामा यस्तो समस्या हुनसक्छ । यो निकै दुर्लभ वंशाणुजन्य रोग हो । यो रोग भएका बच्चा जन्मिँदा पूरै सरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ पछि त्यसमा…
काठमाडौं । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ । सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् । त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै वेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँस सयभन्दा बढी छ । विदेश अध्ययन गर्न गएर वेपत्ता भएका कर्मचारीलाई सरकारले निजामी सेवा एनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ । तर, सरकारी निकायसँग त्यस्ता…