विर्तामोड ।
‘मिस टीन झापा–२०१५’ को उपाधि विजेता स्मृति ओली ‘वोन फेसन इभेन्ट कम्पनी’को ब्राण्ड एम्बेसेडर हुने भएकी छिन् ।
विभिन्न किसिमका इभेन्टहरुको आयोजना गर्ने उद्देश्यले शुरु गरिएको यस कम्पनीले स्मृतिलाई आगामी १ वर्षका लागि ब्राण्ड एम्बेसेडर तोकेको हो ।
मिस टीन झापाको उपाधि जितेपछि स्मृति चर्चाको केन्द्रविन्दुमा छिन् । उनको प्रतिभालाई थप उजागर गराउनका लागि उनलाई ब्राण्ड एम्बेसेडर बनाइएको प्रबन्ध निर्देशक प्रहिल कार्कीले बताए ।
मोडलिङ, नृत्य र नाटकमा निक्कै रुचि राख्ने उनले नेपाली कथानक चलचित्र ‘सो सिम्पल’, ‘त्यो दिन’ र केही म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।
यस वर्ष एसएलसी परिक्षा दिन लागेकी १४ वर्षीय स्मृतिले यो अवसर प्राप्त गरेपछि उनकी आमा मीरा र बुबा टहलदासले खुशी व्यक्त गरेका छन् ।
कम्पनीले आगामी साउन पहिलो सातामा मिस्टर एण्ड मिस टप मोडल पूर्वाञ्चलको पहिलो अडिसन गर्न लागेको कम्पनीका चेतन अधिकारीले बताए ।