काठमाडौं ।
सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ ।
सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् ।
त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उतै वेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँस सयभन्दा बढी छ ।
विदेश अध्ययन गर्न गएर वेपत्ता भएका कर्मचारीलाई सरकारले निजामी सेवा एनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ ।
तर, सरकारी निकायसँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रलय आफैं वेखबर छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Facebook Comments Box