काठमाडौं । नेपाली कांग्रेस खोटाङ जिल्ला क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।
केही दिनअघि चिउरीडाँडा स्थित घरमा अज्ञात समूहले पेट्रोल/मट्टितेल छर्केर आगजनी गरेका थिए ।
स्थानीयहरुको सहयोगद्वारा आगो नियन्त्रणमा आएकोले घरमा रहेका परिवारका सदस्य भने बाँच्न सफल भएका थिए ।
कांग्रेसले उक्त घटनाको भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गर्नुभएको छ ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अमानवीय र उच्छृङ्खल गतिविधि गर्ने आपराधिक मनोवृत्तिका व्यक्तिको तत्काल खोजी गरी उनीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न र आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’