काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत उच्च सरकारी अधिकारीले मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती व्यहोर्नुपरेको गुनासो बढिरहेको समयमा प्रधानमन्त्री ओली मंगलवार आकस्मिक निरीक्षणमा गएका हुुन् ।
प्रधानमन्त्री ओलीले विमानस्थलमा सेवाग्राहीलाई सेवा दिन भइरहेको ढिलाइ, सरसफाइको अवस्था लगायतको विषयमा जानकारी लिएका थिए ।
Facebook Comments Box