Author: admin
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको पुनर्निमाणको काममा राजनीतिकरण गरेको आरोप लगाएको छ । पुनर्निर्माण प्राधिकरणले कांग्रस कार्यकर्ताको नाम भूकम्प पीडितको नामावलीमा छुटाएको र एमाले कार्यकर्तालाई मात्र राहत दिन खोजेको कांग्रेसको आरोप छ । व्यवस्थापिका संसद्को बैठकमा सुरुमै समय माग गर्दै कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले सरकारको काम कारबाही प्रभावकारी नभएको, एकलौटी चल्न खोजेको, संविधान कार्यान्वायनमा उदासिन भएको भन्दै सरकारको आलोचना गर्नुभएको हो । एमाले सांसदद्वारा बचाउ तर नेकपा एमालेका सांसदहरुले सरकारको बचाउ गरेका छन् । उनीहरुले भूकम्प पीडितलाई राहत दिने काममा कतै पनि राजनीतिकरण नगरेको दावी गरेका छन् । संसद बैठकमा एमाले सांसद गुरु बुर्लाकोटीले धेरै ठाउँमा भूकप्प पीडितको नाम…
काठमाडौं। व्यवस्थापिका संसदको बैठक बुधबार बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संसदको कार्यसञ्चालन नियमावली पारित गर्ने, बजेटमाथि छलफल, ऋण तथा जमानत विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गर्ने तयारी छ । प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कामकारबाहीलाई लिएर सदन अवरुद्ध गर्ने चेतावनी दिएकाले आजको कार्यसूची प्रभावित हुने सम्भावना छ । कांग्रेसले हिजो सबैको संसदीय दल कार्य समितिको बैठकले सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । कांग्रेसले भूकम्पछिको पुन निर्माण प्रभावकारी नभएको, प्राधिकरणलाई एमालेकरण गरिएको, सरकारको कामकारबाही प्रभावकारी नभएको, एकलौटी चल्ने खोजेको, संविधान कार्यान्वायनमा उदासिनता देखाएको आरोप लगाएको छ । सत्तापक्ष र प्रतिपक्षीबीच सहमति…
एजेन्सी । बलिउड अभिनेता आमिर खानको आउँदो चलचित्र दंगलको नयाँ लुक सार्वजनिक भएको छ । चलचित्रका अभिनेता आमिर खानले सोमबार चलचित्रमा रहेको आफ्नो नयाँ लुकको तस्बिर ट्वीट गरेका हुन् । आमिरले ट्वीट गरेको केही समय भित्रमै तस्बिर भाइरल भयो । आमिरका प्रशंसकले यो तस्बिरको खुलेर तारिफ गरेका छन् भने उनको मेहनतको पनि प्रशंसा गरेका छन् । दंगल भारतीय पहलवान महावीर फोगटको जीवनीमा बनेको चलचित्र हो । आमिरले ट्वीट गरेको तस्बिर युवा अवस्थाका महावीरको हो । उनले ट्वीटमा अबको दुई दिनभित्र युवा महावीरको सुटिङ गर्न जाने बताएका छन् । आमिरले दंगलका लागि आफ्नो तौल बढाएका थिए । तर युवा महावीरका लागि…
युएई । रक्तिम सांस्कृतिक अभियान युएईको अध्यक्षमा पुनः डम्बर भण्डारी ‘रक्तिम हर्के’ निर्वाचित हुनुभएको छ । दुवईमा सम्पन्न भेलाले अभियानको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा चुमान काउछा मगर, सचिव वसन्त घर्ती मगर, सहसचिव तुलसा थापा र कोषाध्यक्षमा सीता श्रीस रहनु भएको छ । त्यस्तै अभियानको सदस्यमा दानबहादुर श्रीस, मिना घिमिरे, करण कुँवर, सावित्रा एमसी, श्रीप्रसाद थापा र शालिकराम बन्जाडे हुनुहुन्छ । ललित थापा, विकास नेपाली वैकल्पिक सदस्य हुनुहुन्छ । सल्लाहकारमा चिरन केसीलाई मनोनयन गरिएको छ । रक्तिमको नव गठित कार्य समितिले कार्य विभाजन गर्दै आउँदो सेप्टेम्बर २ का दिन दुवईमा रक्तिम साँझ आयोजना…
काठमाडौं । सरकारले कृषि क्षेत्रका अनुदानका कार्यक्रमलाई वेबसाइटमा राख्न अनिवार्य गरेको छ । आउँदो आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन ल्याइएको अनुदानका सबै कार्यक्रमका बारेमा कृषि मन्त्रालयको वेबसाइटमा सम्पूर्ण जानकारी राख्ने तयारी भएको हो । बाली, विरुवा, बीउ, मल, उपकरण लगायतमा अनुदानको व्यवस्था गरेपनि अनुदान पाउन कठिनाई भएको किसानको गुनासो आएको थियो । किसानको गुनासो पछि यस सम्बन्धी सबै जानकारी वेबसाइटमा राख्न लागेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार सम्बन्धित जिल्ला र विभागको वेबसाइटमा पनि अनुदानका बारेमा सबै जानकारी राखिनेछ । यस्तै अनुदानका बारेमा किसानलाई जानकारी दिन ठाउँ ठाउँमा होर्डिङबोर्ड पनि राखिने छ । किसानलाई जानकारी नगराइकनै…
डोटी । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । दीपायल सिलगढी नगरपालिका–३ थाप्लाकी ३८ वर्षकी धना मलासीलाई भालुले आक्रमण गरेको हो । मलासीको घाँटी, नाक र बाँया खुट्टामा चोट लागेको जिल्ला प्रहरी डोटीका डिएसपी उद्धवदेव भट्टले बताउनुभयो । मंगलबार बेलुका घाँस काटेर घर फर्किँदै गर्दा थाप्ला नजिकै उहाँलाई भालुले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा प्रारम्भीकर उपचार गरेर उहाँलाई थप उपचारका लागि कैलाली पठाइएको छ ।
गुल्मी । ओडेको सल मोटरसाइकलको पाङग्रामा बेरिँदा भएको दुर्घटनामा परी गुल्मीमा एक जनाको ज्यान गएको छ । गुल्मी वाग्ला–२ की २७ वर्षीय कोपिला गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार बेलुकी लु ४ प ७८२६ नम्वरको मोटरसाईकलमा यात्रा गरिरहेका बेला कोपिलाले ओडेको सल मोटरसाईकलको चेनमा बेरिदा दुर्घटना भएको हो । मृतक गिरीलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताउनुभयो । मोटरसाईकल चलाउने सुर्यबहादुर दर्जिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल विद्यार्थी सङ्घको (नेविस) ११ औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर मंगलबार सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो । बैठकले सङ्घको महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोतीलाल भण्डारीले जानकारी दिनुभयो । आगामी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ भने पदाधिकारीको संरचनाका बारेमा टुङ्गो लगाउन कार्यदल गठन गरी जिम्मा दिइने भएको छ । रन्जित कर्णको नेतृत्वमा रहेको सङ्घको अहिलेको मनोनीत केन्द्रीय समिति १२१ सदस्यीय रहेको छ…
पर्वत । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आकस्मिक उपचारका लागि जिल्ला अदालतमा प्राथमिक उपचार सेवा सुरु भएको छ । कार्यालयमा उपलब्ध भौतिक सेवासुविधाअनुरुप सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि अदालतमा प्राथमिक उपचार सेवा सुरु गरिएको हो । जिल्ला अदालतले धौलागिरिमा नै पहिलो पटक यो सेवा शुभारम्भ गरेको छ । जिल्ला अस्पतालको सहयोगमा अदालतले अहिले सात प्रकारका औषधि वितरण गर्ने भएको छ । अदालतमा सेवा लिन आएका सेवाग्राही तत्काल बिरामी परेमा वा कुनै घटना भएमा आकस्मिक सेवा दिनका लागि र कार्यालय समयमा कुनै आपत्कालीन समस्या आइपरेमा प्राथमिक उपचारस्वरुप औषधि प्रदान गर्ने उद्देश्यले प्राथमिक उपचार सेवा शुभारम्भ गरिएको शाखा अधिकृत दयाराम पोख्रेलले जानकारी…
काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घीय प्रणालीमा…