डोटी । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । दीपायल सिलगढी नगरपालिका–३ थाप्लाकी ३८ वर्षकी धना मलासीलाई भालुले आक्रमण गरेको हो ।
मलासीको घाँटी, नाक र बाँया खुट्टामा चोट लागेको जिल्ला प्रहरी डोटीका डिएसपी उद्धवदेव भट्टले बताउनुभयो ।
मंगलबार बेलुका घाँस काटेर घर फर्किँदै गर्दा थाप्ला नजिकै उहाँलाई भालुले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा प्रारम्भीकर उपचार गरेर उहाँलाई थप उपचारका लागि कैलाली पठाइएको छ ।
Facebook Comments Box