गुल्मी । ओडेको सल मोटरसाइकलको पाङग्रामा बेरिँदा भएको दुर्घटनामा परी गुल्मीमा एक जनाको ज्यान गएको छ । गुल्मी वाग्ला–२ की २७ वर्षीय कोपिला गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुकी लु ४ प ७८२६ नम्वरको मोटरसाईकलमा यात्रा गरिरहेका बेला कोपिलाले ओडेको सल मोटरसाईकलको चेनमा बेरिदा दुर्घटना भएको हो ।
मृतक गिरीलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताउनुभयो । मोटरसाईकल चलाउने सुर्यबहादुर दर्जिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
Facebook Comments Box