युएई । रक्तिम सांस्कृतिक अभियान युएईको अध्यक्षमा पुनः डम्बर भण्डारी ‘रक्तिम हर्के’ निर्वाचित हुनुभएको छ ।
दुवईमा सम्पन्न भेलाले अभियानको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा चुमान काउछा मगर, सचिव वसन्त घर्ती मगर, सहसचिव तुलसा थापा र कोषाध्यक्षमा सीता श्रीस रहनु भएको छ । त्यस्तै अभियानको सदस्यमा दानबहादुर श्रीस, मिना घिमिरे, करण कुँवर, सावित्रा एमसी, श्रीप्रसाद थापा र शालिकराम बन्जाडे हुनुहुन्छ ।
ललित थापा, विकास नेपाली वैकल्पिक सदस्य हुनुहुन्छ । सल्लाहकारमा चिरन केसीलाई मनोनयन गरिएको छ । रक्तिमको नव गठित कार्य समितिले कार्य विभाजन गर्दै आउँदो सेप्टेम्बर २ का दिन दुवईमा रक्तिम साँझ आयोजना गर्ने निर्णय समेत गरेको छ । प्रगतिशिल कलाकारलाई संगठित गर्दै परदेशीका भोगाइलाई रक्तिमले प्रस्तुत गर्नेछ ।
Facebook Comments Box