काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको पुनर्निमाणको काममा राजनीतिकरण गरेको आरोप लगाएको छ । पुनर्निर्माण प्राधिकरणले कांग्रस कार्यकर्ताको नाम भूकम्प पीडितको नामावलीमा छुटाएको र एमाले कार्यकर्तालाई मात्र राहत दिन खोजेको कांग्रेसको आरोप छ ।
व्यवस्थापिका संसद्को बैठकमा सुरुमै समय माग गर्दै कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसीले सरकारको काम कारबाही प्रभावकारी नभएको, एकलौटी चल्न खोजेको, संविधान कार्यान्वायनमा उदासिन भएको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।
एमाले सांसदद्वारा बचाउ
तर नेकपा एमालेका सांसदहरुले सरकारको बचाउ गरेका छन् । उनीहरुले भूकम्प पीडितलाई राहत दिने काममा कतै पनि राजनीतिकरण नगरेको दावी गरेका छन् ।
संसद बैठकमा एमाले सांसद गुरु बुर्लाकोटीले धेरै ठाउँमा भूकप्प पीडितको नाम राहत पाउनको सूचिमा छुटेको बताउनुभयो । उहाँले कांग्रेस कार्यकर्ताको मात्र छुटाइयो भनेर गलत आरोप लगाउन नमिल्ने बताउनुभयो ।