Author: admin
झापा । लक्ष्मीपुर महिला समूहको आयोजना र शनिअर्जुन नगरपालिकाको आर्थिक सहयोगमा उन्नत र ब्यवस्थित पशुपालन सम्बन्धी दुईदिने तालिम आज (शुक्रबार)बाट शनिअर्जुन वडा नम्बर ५ मा सुरु भएको छ । महिला समुहका अध्यक्ष कल्पना राईको सभापतित्व र नगरपालिकाका सहायक इन्जिनियर प्रदिप पुरीको प्रमुख आतित्थ्यतामा भएको सो तालिम उद्घाटनका क्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति कृष्ण हुमागाईँ, श्याम अधिकारी लगायतका वक्ताहरुले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । पशुसेवा बिभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटा, जिल्ला पशुसेवा कार्यालय झापाका पूर्व प्रमुख दिलिप सापकोटा र शनिश्चरे पशुसेवा कार्यालयका अधिकृत पदम राईले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सहभागी पशुपालक महिलाहरुले पशुमा हुने बा“झोपना,…
भद्रपुर । जुनियर रेडक्रस सर्कलका पदाधिकारीहरुको एकदिने क्षमता अभिवृद्धि सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजनामा शुक्रवार अभिमुखिकरण सम्पन्न भएको हो । ने.रे.सो. भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा भद्रपुर क्षेत्रका ६ वटा विद्यालयका जुनियर रेडक्रस सर्कलका पदाधिकारी सदस्य तथा शिक्षक नायकहरुको सहभागिता थियो । अभिमुखिकरणमा रेडक्रस अभियानमा जुनियर रेडक्रसको भुमिका विषयमा ने.रे.सो. झापाका सदस्य तथा जुनियर युवा समितिका संयोजक विश्व थापाले र विपद् व्यवस्थापनका विषयमा रेडक्रस झापाका शाखा प्रमुख केदार महतले सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा ५४ जनाको सहभागिता रहेको थियो ।
सुरूङ्गा । सुरुङ्गामा शुक्रबारदेखि प्रथम झापा जिल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानलाई सनसाइन फुटबल क्लबले टाइब्रेकरमा पराजित गर्यो । दोस्रो खेलमा महारानीगञ्ज मावि शनिअर्जुनले झिलझिले स्पोर्टिङ क्लबलाई ४–० ले पाखा लगायो । उद्घाटन खेलमा आयोजक र सनसाइनले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो । जसमा आयोजककी मनिका वाग्ले र सनसाइनकी सपना सुब्बाले गोल गरेका थिए । तर, टाइब्रेकरमा सनसाइनकी रमिका तामाङले गोल गर्दै टिमलाई सेमिफाइनल पुर्याइन् । अन्य खेलाडीले गोल गर्न सकेनन् । अर्को खेलमा महारानीगञ्ज माविले झिलझिलेमाथि एकोहोरो दबाब दिँदा ४–० गोलको नतिजा निस्केको थियो । पहिलो हाफमै ३ गोल…
एजेन्सी । फेसबुकले अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न मिल्ने बनाएको छ । यसअघि कमेन्टमा लेख्न तथा तस्बिर पोष्ट गर्ने व्यवस्था थियो । तर अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न सकिने छ । फेसबुकले केहि दिनअघिदेखि लाइभ भिडियो पोष्ट गर्ने सुविधा थप गरेको थियो । डेक्सटपका साथै आइओएस र एन्ड्रोइड प्रयोगकर्ताले भिडियो कमेन्ट गर्न सक्नेछन् । पहिलै रेकर्ड गरिएको भिडियो वा लाइभ भिडियो पनि कमेन्टमा पोष्ट गर्न सकिने छ । मोबाइलबाट भिडियो कमेन्ट गर्नका लागि कमेन्ट बटममा क्लिक गरेपछि सँगैको क्यामेरा अप्सनमा क्लिक गर्नुपर्ने छ । त्यसपछि मोबाइलको क्यामेरासँगै पहिला नै लिइएका तस्बिर भिडियो पनि देखिने छ । पहिला नै…
काठमाण्डाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको जारी हुने एफपीओको सेयर मूल्य विवादास्पद बनेको छ। निर्धारण हुन नसकेको मूल्य सार्वजनिक गरेर कम्पनीले समग्र लगानीकर्ताहरुलाई झुक्याएको भन्दै कारोबार रोकेर छानविन गर्न धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। निर्देशनसँगै आइतबार सो कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ। यसअघि हिजो मात्रै नेप्सेको वेबसाइटमा कम्पनीले एफपीओ सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम रकम थपेर निस्कासन हुने निर्णय भएको सार्वजनिक गरेको थियो।
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एकै दिन आफ्नो निर्वाचन क्षेत्रमा दुई अर्ब रुपैयाँ बराबरको योजनाहरुको शिलान्यास गरेका छन् । झापाको क्षेत्र नं ७ का सांसद समेत रहेका प्रधानमन्त्री ओलीले उनको निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिका भित्रका ठूला चार योजनाहरुको शुक्रबार शिलान्यास गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेको दमक नगरपालिकाको ढुकुरपानीमा एक अर्व २४ करोडको लागतमा बन्न लागेको भ्यु टावरको शिलान्यास पछि मोरङको मधुमल्ला र दमक जोडने मावा खोलामा ३० करोड २२ लाख रुपैयाँको लागतमा बन्ने भनिएको पुलको प्रधानमन्त्री ओलीले शिलान्यास गरे । प्रधानमन्त्री ओलीले पश्चिम दक्षिण इलामको चुलाचुली र झापाको लखनपुरलाई दमकसम्म जोडने रतुवा खोलामा बन्ने भनिएको…
काठमाडौं । चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। ‘क्यारम त नि’ बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ। ‘क्यारम त नि’को अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ। दीपेन्द्र केसीद्वारा निर्देशित यो गीतमा मोडल तथा अभिनेता पल शाह र अभिनेत्री नीता ढुंगानासँगै दर्जन कोरसहरुको फिचरिङ छ। उक्त गीतमा प्रभा आचार्यको शब्द र उदयराज पौडेलको संगीत संयोजन छ। भिडियोमा रामकुमार केसीको छयांकन र प्रशान्त तामाङले कोरियोग्राफीमा काम गरेका छन्। यस गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन्। कालिन्चोक डिजिटलको नेपाली सांगीतिक उद्योगमा यसै गीतमार्फत पुनरागमन भएको छ। भिडियाे : https://youtu.be/uKDIl2ut4Ys
काठमाण्डौं । दुई देशको पर्यटन प्रवद्र्धनका लागि सघाउन नेपाल र भारतका पत्रकार एक ठाउँ उभिएका छन् । इलाममा भएको दुई देशका पर्यटन पत्रकारहरुको भेलाले इन्डो–नेपाल टुरिज्म जर्नालिस्ट एसोसिएसन गठन भएको छ । एसोसिएसनको तदर्थ समितिको संयोजकमा सिक्किम एक्सप्रेसका प्रशान्त आचार्य र उपसंयोजकमा कान्तिपुर दैनिकका शेखर अधिकारी चुनिएका छन् । सदस्यहरुमा नेपालका तर्फबाट रामेश्वर कार्की, विद्रोही गिरी, सोम शर्मा बजगाईं, हरिशरण न्यौपाने र हिमाल दाहाल छन् भने भारतको तर्फबाट अजय राय, आनन्द बनर्जी, मधेव घोष, जयश्री भट्टाचार्य, नेताई मालाकार, प्रलय बानिक, प्रशुन बानिक र पोषणदेव मल्लिक रहेका छन् ।
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम संकलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम जम्मा भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । विशेषगरी वैशाखपछि वर्षा लगायतका कारण कमै मात्र तीर्थालु आउने गरे पनि गत वर्षको तुलनामा यस वर्षको जेठ महिनामा धेरै तीर्थयात्री भित्रिएको समेत सो समितिले जनाएको छ । यसअघि २०७२ साल चैत ३० देखि वैशाख २२ गते भित्रको अवधिमा १४ लाख ४४ हजार १५० रुपैयाँ संकलन भएको जनाइएको थियो । यस्तै, धेरै सङ्ख्यामा सुनचाँदीका विभिन्न सामग्रीसमेत जम्मा…
उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन ।